सरकारका सह सचिव बेपत्ता

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन दाहाल सम्पर्कविहीन भएका छन्। स्रोतका अनुसार उनी हिजोदेखि सम्पर्कमा नरहेको र उनको खोजीका लागि सुदूरपश्चिमका सुरक्षा निकाय परिचालन गरिएको छ ।

बिज्ञापन

स्रोतले जनाएअनुसार दाहाललाई पक्राउ गर्ने सरकारी तयारी चलिरहेका बेला उनी सम्पर्कविहीन भएका हुन् । हालै उनीविरुद्ध पक्राउ पुर्जी जारी गराउन प्रक्रिया अघि बढाइएको बताइएको छ । दाहाल यसअघि नेपाल बिमा प्राधिकरणका अध्यक्ष थिए। उनी र अर्का तत्कालीन अध्यक्ष शरद ओझासहित ४३ जनाविरुद्ध विशेष सरकारी वकिल कार्यालयले बिहीबार बिमा कसुरसम्बन्धी मुद्दा दायर गरेको छ ।

बिज्ञापन

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको मुद्दामा नियामक अधिकारको दुरुपयोग गरी गैरकानुनी कार्य गरेको,बिमासम्बन्धी कसुर गरेर हानीनोक्सानी पुर्‍याएको आरोप लगाइएको छ । मुद्दामा तत्कालीन अध्यक्षद्वय दाहाल र ओझामाथि नियामक निकायको अधिकार दुरुपयोग गरी कानुनविपरीत कार्य गरेको अभियोग उल्लेख गरिएको छ । उनीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत प्रतिवादी बनाइएको छ ।

दाहाल हाल सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा कार्यरत थिए । बिचौलिया दिपक भट्टद्वारा बीमा प्राधिकरणमा नियुक्त अर्का प्रतिवादी शरद ओझालाई भने केही महिनाअघि सरकारले कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेर पदबाट हटाएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

परदेशमा म एक एक्लो यात्री

ठेकेदारलाई मस्ती,रसुवाबासीलाई बर्षेनी सास्ती

मन्त्रीपरिषद्का सात निर्णय : नियुक्ति,नियमावली स्वीकृतदेखि विकास समिति खारेजसम्म

बिशेष