करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

करार पदमा कार्यरत अमिन दिनेशप्रसाद यादवले १८ बर्षको अवधिमा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा अवैद्य आर्जन गरेको विशेष अदालतको ठहर गरेको छ ।

बिज्ञापन

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले सञ्चालन गरेको वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत रहँदा ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्धा दायर थियो । तर विशेष अदालतले १ करोड १२ लाख ७० हजार सम्पत्तिको स्रोत नखुलेको भन्दै उनलाई कैद र सजाय तोकेको हो ।

बिज्ञापन

२०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्म यादवले गरेको आर्जन गरेको कुल वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको थियो । यस अवधिमा अमिन यादवको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धानबाट यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रकम आय गरेको अख्तियारको दाबी रहेकोमा विशेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ । साथै स्रोत नखुलेको बिगो बराबरको उनको घर तथा जग्गा लगायतका सम्पत्तिहरू जफत हुने फैसलामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष