कीर्ते कागजात र विदेशीलाई अध्ययन भिसा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति

शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा कीर्ते प्रकरण छानबिन गर्न सहसचिवको संयोजकत्वमा तीन सदस्य छानबिन समिति बनाएको छ ।

बिज्ञापन

मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा कानुनकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेको तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

बिज्ञापन

पर्यटक भिसामा नेपाल आएका १० विदेशी नागरिकले नक्कली कागजातका आधारमा ‘अध्ययन भिसा’ लिएको खुलेसँगै मन्त्रालयले यस बिषयमा सत्यतथ्य छानबिन गर्ने तीन सदस्यीय समिति बनाएको हो । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको लेटर हेड किर्ते गरेर तयार पारिएको नक्कली सिफारिस पत्र दोहोरो परीक्षण नै नगरी शिक्षा तथा खेलकुद मन्त्रालयले ८ चिनियाँ तथा एक रसियन र एक कोरियन नागरिकलाई अध्ययन भिसा उपलब्ध गराउन अध्यागमन विभागलाई सिफारिस गरेको भेटिएको थियो । सोही सिफारिसको आधारमा मन्त्रालयले गत जेठ २१ गते अध्यागमन विभागलाई भिसा सिफारिस गरेको पाइएको छ । जसमध्ये आठ जनाको भिसा जारी भइसकेको छ । भिसा पाउनेमा ६ चिनियाँ, एक कोरियन र एक रसियन नागरिक रहेका छन् । उनीहरुले भिजिट भिसामार्फत पटकपटक नेपाल आवतजावत गरेको देखिएको छ ।कागजात अनुसार २ वर्षे ‘एकाडेमिक अध्ययन भिसा’ सिफारिसका लागि वाल्मीकि विद्यापीठको लेटर हेडमा ‘प्राचार्य अच्युतप्रसाद लामिछाने’का तर्फबाट २०८३ जेठ ६ गते शिक्षा तथा खेलकुद मन्त्रालयको स्वयंसेवक परिचालन तथा भिसा सिफारिस शाखालाई पत्राचार गरिएको र सो बिषयमा अध्यागमन विभागले शंका लागेर छानबिन गर्दा विद्यापीठबाट गएको भनिएको पत्र नक्कली रहेको खुलासा भएको हो । अध्ययन भिसाका लागि नक्कली पत्र पेश गरेको आरोपमा दुई जना पक्राउ परेसँगै शिक्षा मन्त्रालयको बदमासी खुलासा भएको छ ।

समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

बिशेष