अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न प्रतिपक्षीको माग

विपक्षी दलहरूले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु हुने बितिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
उनीहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री बर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरे । पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ती जनाए ।
पूर्व अर्थमन्त्री पुनले भने,हिजो संसद्‍मा जसरी अर्थमन्त्रीले जबाफ दिनुभयो, त्यसले संसद्, समितिको अवमूल्यन भएको छ। धाकधम्की दिने कोसिस उहाँले गर्नु भएको छ, यो खेदजनक छ,’ उनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसद्को अवमूल्यन भएको छ। धम्काउने कोसिस भएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ। उहाँले सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो। यो आर्थिक अपराध हो। उल्टै धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ। यसले संसद्‍को मानहानी भएको छ। सभामुखबाट रुलिङ हुनुपर्छ। उहाँमाथि संसदीय छानबिन गरिनुपर्छ।’

बिज्ञापन

उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दल हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

बिशेष