ट्रेड युनियन खारेजविरुद्धको रिटमा सुनुवाइ सुरु

 

बिज्ञापन

सरकारले निजामती कर्मचारीहरूका पेशागत सङ्गठन तथा ट्रेड युनियनहरू खारेज गरेकोविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

बिज्ञापन

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु नहकुल सुवेदी,विनोद शर्मा,अब्दुल अजिज मुसलमान,महेश शर्मा पौडेलको संवैधानिक इजलासमा आज मुद्दाको सुनुवाई भइरहेको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज गर्नेगरी अध्यादेश जारी गरेको थियो । संविधानले ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने संवैधानिक हक प्रत्याभूत गरेकाले सरकारको निर्णय असंवैधानिक रहेको जिकिर गर्दै निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले २५ वैशाखमा सर्वोच्चमा रिट दर्ता भएको थियो ।

२८ वैशाखमा सर्वोच्चले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो समयमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारंगा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ गर्दै बहुमतबाट तत्काल यो निर्णय कार्वान्वयन नगर्न आदेश दिएको थियो।

बिज्ञापन

त्यसपछि गत जेठ २० गते यो मुद्दा सुनुवाई भयो । यस अघि गत बुधबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको अर्को पेशी आज तोकिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष