सहसचिव दाहाललाई पक्राउ गर्न अदालतसँग मागियो अनुमति

सहसचिव तथा हाल सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव मदन दाहाल पक्राउ पर्ने भएका छन् । नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्षरहेका मदन दाहालसहितका प्रतिवादीहरुलाई पक्राउ गर्न लागिएको हो ।

बिज्ञापन

दीपक भट्टसँग जोडिएकाभन्दै एकै लटमा सरुवामा परेका महेश भट्टराई र महेश बरालहरुलाई यो प्रकरणमा छोइएको छैन । तर,नेपाल बीमा प्राधिकरणको तत्कालीन अध्यक्षको हैसियतका आधारमा दाहालविरूद्ध काठमाडौं जिल्ला अदालतमा बीमासम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा मदन दाहाल लगायतका प्रतिवादीहरुको हकमा सम्मानित अदालतबाट मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ५७ को आधारमा पक्राउपूर्जी जारी गर्न अनुमति समेत माग भएको छ । यस्तै सोही प्रकरणमा बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा पनि प्रतिवादी बनाइएको छ । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा भट्ट, दाहाल, ओझासहित ४३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

बिज्ञापन

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार दाहालसहित ४३ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो। अभियोगपत्रअनुसार उनीहरूले बिमासम्बन्धी कानुन र नियामकीय मापदण्ड विपरीत कार्य गरी हानी–नोक्सानी पुर्‍याएको दाबी गरिएको छ। दाहाल अर्थ मन्त्रालयका सहसचिव हुँदा वीमा प्राधिकरणका अध्यक्षको भूमिकामा थिए । शरद ओझालाई मुद्धा चलेसँगै उनलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यस पछि उनी आन्तरिक राजश्व विभागका महानिर्देशक थिए । आन्तरिक राजस्व विभागका महानिर्देशक रहँदा यो प्रकरण सतहमा आएसँगै उनलाई प्रदेश खटाइएको हो । त्यस अघि उनै वैदेशिक रोजगार विभाग,राजश्व अनुसन्धान विभाग चलाएका ठूला र आकर्षक कार्यालय चलाएका कर्मचारी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति विवरण जुटाउन धपेडी

नक्कली कागजातका आधारमा १० विदेशीलाई भिसा सिफारिस,छानबिनमा शिक्षा मन्त्रालयका अधिकारी

सहसचिव दाहाललाई पक्राउ गर्न अदालतसँग मागियो अनुमति

निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेदेखि मालपानीसम्म धितोपत्र कसुरका प्रतिवादी

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष