पछिल्लो समय प्रशासन संयन्त्र त्रसित छ । सिंहदरबारभित्रका प्रशासकहरु उकुसमुकुसमा बाँचिरहेका छन् । त्यस्कै पछिल्लो कडी हो,सचिव कृष्णहरि पुष्कर प्रकरण । सचिव पुष्कर र प्रधानमन्त्री एउटै जिल्लाबासी । त्यही नातामात्र होइन कि एक प्रशासकले आफ्ना प्रधानमन्त्रीलाई भेट्न भरमग्दुर प्रयास गरे तर सफल भएनन् । अनि उनले प्रधानमन्त्रीलाई म्यासेज पठाए । बिहान कार्यालयबाट म्यासेज पठाएका उनी बेलुका घर पुग्दा प्रहरीको केरकारमा परे । यही प्रकरणमा प्रकरणमा सरकारले सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा तानेको स्थिति छ । सरकारको बहालबाला सचिवलाई कुनै संगीन अपराधविना प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेर लैजाने र विना कारण जगेडामा तान्ने क्रियाले प्रशासन क्षेत्र त्रसित छ ।
उता शनिवार प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफूलाई पनि राजदूत बन्न मन लागेको बताउँदै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन भन्दै व्यग्य गरेका छन् । प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति शाहले व्यङ्ग्य प्रहार गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’ लेखेका छन् ।
बिज्ञापन
शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा पोस्ट भएको स्ट्याटस हेरेर देश जिल्ल परेको छ । तर प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरूले चाहिँ राम्रै मनोरञ्जन लिइरहेका छन् । प्रधानमन्त्रीको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् । तर कमेन्ट बक्समा केही प्रवुद्ध व्यक्तिहरूले प्रधानमन्त्रीलाई यसरी हल्का रूपमा प्रस्तुत नहुन सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै भिक्टर पौडेलले लेखेका छन्,नाइ फेरि प्रहरी उठाउन आउँछ । सोही स्टाटसमा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले लेख्छन्, म्यसेज गर्दिम ? प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले म प्रधानमन्त्रीलाई भनिदिन्छु लेखेका छन् । अनि रास्वपाको सांसद रञ्जु दर्शनाले प्रधानमन्त्री र राजदूत एकै चोटी नमिल्ने आशयको टिप्पणी लेखेकी छिन् । उसो त दरबन्दी कटौती, कर्मचारीको सेवा हद ३० बर्ष र उमेर हद ५५ राख्ने तयारीले निजामती कर्मचारीहरु त्राहिमाम रहेको अबस्थामा आफ्ना प्रधानमन्त्रीलाई पठाएको म्यासेजको आधारमा एक सचिवमाथि भएको धरपकडले सिंगो प्रशासन संयन्त्र त्राहिमाम छ । तर मुलुकका प्रधानमन्त्री यस्तो बिषयमा समेत ठट्टा गरिरहेका छन् र उनका कोर टिम यसैमा रमाइरहेका देखिन्छन् ।
































