सृजनाको रेकर्ड ब्रेक : त्रिभुवन विमानस्थल अध्यागमनको पहिलो महिला प्रमुख

सहसचिव सृजना थपलियाले अर्काे रेकर्ड ब्रेक गरेकी छिन् । यस अघि संखुवासभाको पहिलो महिला सिडियोको रुपमा रेकर्ड राख्न सफल भएकी उनी ९ महिना पछि मुलुककै एक अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखको रुपमा सरुवा भएकी छिन् ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीसहित १८ सह सचिव तथा पदस्थापन गर्दा थपलियालाई त्रिभुवन विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएका हो ।

बिज्ञापन

यसअघि विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी भएर खटाइएसँगै रिक्त रहेको त्रिविवि विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा थपलियालाई खटाइएको हो । हाल संखुवासभाको प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई महत्त्वपूर्ण मानिने विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको हो।

थपलियालाई गत भदौं १३ मा सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित त्यता खटाउँदा उनी सो जिल्लाको इतिहासमा पहिलो महिला प्रजिअको रुपमा रेकर्ड कायम गरेकी थिइन । त्यस अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरेकी थिइन । थपलिया टिआइअ पहिलो महिला प्रमुख अध्यागमन अधिकृत समेत हुन ।गृह मन्त्रालयका अनुसार,उनी त्रिवि विमानस्थल अध्यागमन कार्यालयका ६१ औं अध्यागमन प्रमुख र पहिलो महिला प्रमुखका रुपमा रेकर्ड राख्न सफल भएकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष