सुधन गुरुङ क्लिन चिटसँगै गृहमै फर्कदैछन् ? के छ प्रतिवेदनको निष्कर्ष ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले प्रधानमन्त्री वालेन्द्र शाहलाई ४५ पेजको प्रतिवेदन बुझाएको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतले प्रतिवेदनको निस्कर्ष ‘सकारात्मक’ रहेको बतायो । उनी फेरि गृहमन्त्रीमा फर्किन बाटो खुलेको पनि स्रोतको दाबी छ । प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पेज छ । जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि समितिले प्रतिवेदनसँगै बुझाएको छ। रेमिट्यान्स र सापट लिएको भनिएको विषयमा पनि समितिले छानबिन गरेको छ। आयव्ययको रिपोर्ट, सुनको विषय, सुधनको कुन कुन कम्पनीमा लगानी छ, कसरी लगानी गरे, रकम कहाँबाट ल्याए भन्ने विषयमा पनि समितिले विस्तृतमा छानबिन गरेको प्रतिवेदनमा उल्लेख छ।

बिज्ञापन

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीका साझेदारी देखिएको भेटिएको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

बिशेष