प्रधानमन्त्रीलाई म्यासेज,सचिवमाथि केरकार

उपराष्ट्रपति कार्यालयका सचिव डा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको विषयमा प्रहरीले केहीबेर नियन्त्रणमा लिएर केरगार गरेको बिषय खुलेको छ । स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार अपराह्न डा पुष्करलाई नियन्त्रणमा लिएर केरकार गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि उनीसँग सोधपुछ गरिएको बताइएको छ।

बिज्ञापन

यद्यपि, प्रहरी स्रोतहरूले उनीमाथि कुन कसूर वा विषयमा अनुसन्धान गरिएको हो भन्नेबारे औपचारिक जानकारी दिएका छैनन्। तर उच्च स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री शाहलाई सिधै सन्देश पठाएर राजनीतिक नियुक्तिका लागि सहयोग मागेको विषय अनुसन्धानको केन्द्रमा थियो। हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्कर २०८३ असार २४ गते अनिवार्य अवकाशमा जाँदैछन्। स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा आफूले राजदूत पदका लागि आवेदन दिएको उल्लेख गर्दै सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका थिए। स्रोतले भने, “सेवा अवधि सकिन लागेकाले संवैधानिक निकाय वा अन्य कुनै लाभको पदमा नियुक्ति हुने अपेक्षासहित उहाँले प्रधानमन्त्रीलाई सन्देश पठाउनुभएको थियो।”
प्रहरीले प्रारम्भिक सोधपुछका क्रममा कुनै मुद्दा चलाउनुपर्ने आधार नदेखिएपछि बिहीबार राति नै उनलाई रिहा गरेको बताइएको छ। एक स्रोतका अनुसार माथिल्लो तहबाट प्राप्त निर्देशनअनुसार केही विषय स्पष्ट पार्न सोधपुछ गरिएको थियो। यस विषयमा सचिव डा. पुष्करले भने सञ्चारमाध्यममा आएजस्तो कुनै गम्भीर अवस्था नरहेको बताएका छन्। उनले आफूले मुख्य सचिव सुमनराज अर्याललाई जानकारी गराएर राजदूत पदका लागि आवेदन दिएको र मुख्य सचिवकै सुझावअनुसार प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्यले सन्देश पठाएको बताए।
“राजदूतका केही पद अहिले रिक्त छन्। म असार २४ गते अनिवार्य अवकाशमा जाँदैछु। उमेरका हिसाबले पनि अवसर सीमित हुने भएकाले आवेदन दिएको हुँ,” उनले भने, “मुख्य सचिवलाई जानकारी गराएको थिएँ। उहाँकै निर्देशनमा प्रधानमन्त्रीलाई पनि जानकारी गराउन म्यासेज गरेको हुँ।” प्रधानमन्त्री शाहसँग आफ्नो नम्बर सुरक्षित ९सेभ० नभएकाले सन्देशको वास्तविकता नबुझी कसैले दबाब दिन खोजेको वा शंकास्पद व्यक्तिको सन्देश ठानेर अनुसन्धान गर्न लगाएको हुन सक्ने उनको भनाइ छ।

बिज्ञापन

“मेरो नम्बर प्रधानमन्त्रीज्यूसँग सेभ नभएकाले अनावश्यक व्यक्तिले प्रभाव पार्न खोजेजस्तो लागेर अनुसन्धान भएको हुन सक्छ,” सचिव पुष्करले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बीवाईडी प्रकरण : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

प्रधानमन्त्रीलाई म्यासेज,सचिवमाथि केरकार

प्रहरीले केरकार गर्नुपर्ने गरी कृष्णहरि पुष्करले बालेनलाई के म्यासेज पठाएका थिए ?

सशस्त्र प्रहरीका ७ डिआइजीको सरुवा, ७ जनाले पाए जिम्मेवारी

पूरानाले शुरु,नयाँलाई जस

२२ जना अधिकृतहरुको सरुवा

विद्युतीय सवारी र भेप तस्करी बारे छानबिन गर्न उपसचिवको संयोजकत्वमा चार सदस्यीय समिति

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

बिशेष