पूरानाले शुरु,नयाँलाई जस

अहिले स्थिति कस्तो छ भने काम शुरु गरे पूर्व प्रधानमन्त्री,मन्त्रीहरुले । धमाधम जस लिइरहेका छन्,वर्तमान सरकारका प्रधानमन्त्री र उनका टिमले ।
जस्तो आजैमात्र भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले एउटा नयाँ काम शुरु गरेको भन्दै चर्चा चलाइयो तर यो कामको प्रारम्भ आजभन्दा चार पाँच बर्ष अगाडि भएको थियो । २०७८ वैशाखमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु भएको हो मेरो कित्ता अर्थात घरमै बसेर जग्गाको नक्शा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन केपी शर्मा ओली प्रधानमन्त्री शिवमाया तुम्वाहम्फे मन्त्री हुँदा शुरु भएके हो । सो समयमा काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा शुरु भएको थियो । मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भीडभाड र होहल्ला कम हुने बताउँछन्,प्रशासकहरु । देशभर १२६ वटा कार्यालयहरू रहेकोमा यस अघि नै डिल्लीबजार, कलंकी र भक्तपुरको लगायतका अधिकांश कार्यालयबाट यो सेवा प्रवाह भइसकेको छ । पूववर्ती सरकारले गरेको सोही कामको निरन्तरा दिइरहेको छ वालेन सरकारले ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेर एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने बनाएको छ ।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्तापछि प्रणालीबाट ‘ओटिपी’ उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् ।
यस्तै हाल चर्चामा रहेको हुलाकबाटै घर घरमा सेवा पुर्याउने योजना पनि कुनै नौलो होइन । यो योजना अहिले होइन ०७८ सालमै योजना बनेको थियो भने बागमती प्रदेश सरकारले लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाक सेवा विभागसँग सहकार्य गरेर लाइसेन्स वाढ्ने काम प्रारम्भ गरेको थियो । अहिले चर्चामा आएका यी दुई काम मात्र होइन यतिबेला राष्ट्रिय गौरवका केही ठूला आयोजना निर्माणको अन्तिम चरणमा छन् । नागढुंगा सुरुङ मार्ग सञ्चालनको तयारीमा छ भने सिद्धबाबा सुरुङमार्ग अन्तिम अन्तिमतिर पुगेको छ । यी दुवै केपी ओली प्रधानमन्त्री भएका बेला शुरु गरिएका परियोजना हुन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग विस्तार पनि तीव्र गतिमा अघि बढिरहेको छ । यो राजमार्गलाई एशियन हाइवे मापदण्डअनुसार चार लेनमा विस्तार गर्ने लक्ष्यसहित विभिन्न खण्डमा काम भइरहेको छ । नारायणगढ–बुटवल खण्डको करिब ७४ प्रतिशत काम सकिएको छ । कञ्चनपुर–कमला खण्डमा ६६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यस खण्डमा अधिकांश पुल निर्माण भइसकेको छ । काकरभिट्टा–लौकही खण्ड पनि प्रगतिउन्मुख देखिन्छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार छिट्टै सम्पन्न हुँदै छ । काठमाडौँ चक्रपथ विस्तारको श्रेय पनि यही सरकारले लिनसक्ने अवस्था बन्दैछ । चीन सरकारको सहयोगमा करिब २७ किमि लामो चक्रपथलाई चरणवद्ध विस्तार गर्ने योजनाअनुसार कोटेश्वर–कलंकी खण्ड पहिले नै सम्पन्न भइसकेको छ । अब कलंकी–बसुन्धरा खण्ड विस्तारका लागि नेपाल–चीनबीच हालै औपचारिक सम्झौतामा हस्ताक्षर भएको अवस्था छ । यदि बिना अवरोध काम अघि बढ्यो भने बालेन सरकारकै कार्यकालमा निर्माण पूरा हुनेछ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ । सूर्यविनायक–साँगा खण्डमा घर टहरा हटाउने विवादले काम रोकिएकोमा अहिले अघि बढेको छ । त्यस्तै, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग जस्ता परियोजना पनि अन्तिम चरणतिर उन्मुख छन्, यद्यपि केही खण्डमा अझै काम बाँकी छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने लाइफलाइनका रूपमा हेरिएको हुलाकी राजमार्गमा पुल निर्माणको काम मात्र बाँकी रहेकाले दुई–तीन वर्षमा सम्पन्न हुने सम्भावना देखिन्छ । मध्यपहाडी लोकमार्ग करिब ६४ प्रतिशतजति काम मात्र सम्पन्न भएकाले आगामी ५ वर्षभित्र रिबन काट्ने अवसर यही सरकारलाई प्राप्त हुने अनुमान गर्न सकिन्छ ।
अर्कोतिर, भारतको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्ग पनि उल्लेखनीय प्रगति भएको परियोजना हो । ६९ किलोमिटर लम्बाइमध्ये ५२ किलोमिटर (जयनगर–कुर्था–बिजलपुरा) खण्ड सञ्चालनमा आइसकेको छ भने बाँकी खण्ड पूरा गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेको छ । यसबाहेक राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी–बबई डाइभर्सन, सिक्टा सिञ्चाइ, रानी जमरा गुलरिया सिञ्चाइ, सुनकोशी–मरिण डाइभर्सन पनि यही सरकारको पालामा सञ्चालनमा आउने सम्भावना छ । नराम्रा कामको दोष अर्काको थाप्लोमा हालेर राम्रोको जस लिने होडबाजी नेपाली राजनीतिमा नयाँ होइन । पुराना दलप्रति जनमानसमा आक्रोश बढाएर त्यसैको फाइदा उठाउँदै अचानक राजनीतिमा आएकाहरू सत्तामा पुगे । तर, नयाँ भनिएकाहरूले नेतृत्व गरेको सरकारलाई पुरानै सरकारहरूको पालामा निर्माण शुरु भएका दर्जनौँ ठूला परियोजना उद्घाटन गर्ने एक पछि अर्काे अवसर प्राप्त हुँदैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूरानाले शुरु,नयाँलाई जस

२२ जना अधिकृतहरुको सरुवा

विद्युतीय सवारी र भेप तस्करी बारे छानबिन गर्न उपसचिवको संयोजकत्वमा चार सदस्यीय समिति

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

बिशेष