सरकारले फ्रन्ट डेस्कमा कार्यरत तीन हजार बढी जना राजपत्रअनकिंत कर्मचारीहरुलाई प्रशिक्षण दिने भएको छ । सेवाग्राही सिधै ठोकिने फ्रन्ट डेस्कमा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुलाई प्रशिक्षण दिने कार्यक्रम अन्र्तगत हाल संघीय तहमा कार्यरत १ हजार २० कर्मचारीहरुले प्रशिक्षण लिइरहेका छन् । सरकारले फ्रन्ट डेक्समा काम गर्ने तीन हजार २०४ कर्मचारीको विवरण सङ्कल्न गरिसकेको र पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान भइरहेको भूमि व्यवस्था,सहकारी तथा संघीय मामिला मन्त्रालयले जनाएको छ ।अन्य कर्मचारीहरुलाई समेत असारभित्रै प्रशिक्षणमा सहभागी गराइने मन्त्रालयको योजना रहेको बताइएको छ ।
बिज्ञापन
मन्त्रालयका अनुसार यही जेठ ५ गतेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत यो प्रशिक्षण तीव्रताका साथ अघि बढाइएको हो । ‘फ्रन्ट डेस्क’ अर्थात सोधपुछ र दर्ता चलानी शाखा हो । सार्वजनिक निकायमा सेवा लिन जाँदा प्रायः नागरिक सिधै ठोकिने शाखा हो । सोही संवेदनशीलतालाई चिर्न सरकारले पहिलोपटक ‘नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण’ अभियान सुरु गरेको हो ।
कर्मचारीहरुलाई भिडभाडमा आफूलाई कसरी शान्त राख्ने, सेवाग्राही र सुपरभाइजरसँग कसरी प्रभावकारी सञ्चार गर्ने भन्ने सिकाइनेछ । प्रशिक्षकका रुपमा
उत्कृष्ट सेवा प्रवाह गरिरहेका प्रतिष्ठित बैंक, वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र होटलका अनुभवी प्रशिक्षक तथा व्यवस्थापकहरू रहने मन्त्रालयले जनाएको छ ।



































