बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीस्थित सुस्ताको तटबन्ध निर्माणमा बाधा हालेको छ । आइतबार प्रधानमन्त्री वालेन शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएलगत्तै एसएसबीको टोलीले नेपाली भूमिमा प्रवेश गरेर नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको हो ।‘सुस्ता बचाउ अभियान’ का रवीन्द्र जैसवालले पनि हिजो साँझ भारतीय सुरक्षाकर्मीहरु आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेर फर्किएको बताएका छन् ।

बिज्ञापन

हिजो दिउँसो त्यता छिरेको भारतीय सुरक्षा टोलीले सुस्ता–५ स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाइरहेको बाँधको काममा अवरोध पुर्याएको स्थानीय प्रशासनले बतायो । कटान र डुबान छेक्न १४ करोड लगानीमा तटबन्ध बनिरहेको छ ।

बिज्ञापन

सो क्षेत्रको कटान र डुबान छेक्न १४ करोड लगानीमा तटबन्ध बनिरहेकोमा तटबन्ध निर्माणस्थलमा आएका दर्जन भारतीय सुरक्षाकर्मीले काम रोकाएका हुन्। निर्माणस्थलमा आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएसँगै काम रोकिएको जनाइएको छ । त्यहाँ ८० प्रतिशत काम सकिएको अवस्थामा हिजोको घटनाले अन्योल उत्पन्न भएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी

के हो बालेन सरकारले ल्याउन लागेको ‘सनसेट ल’ ?

सरुवामा परेका कर्मचारी नेताको टिप्पणी : वालेनको अभिव्यक्ति राष्ट्रघाती

बालेनले त्यस्तो बोलेकोमा भारतबाट आयो बधाई

राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

मेटेरियोलोजीलाई इन्जिनियरिङ परिषद् दर्ता प्रक्रियामा समावेश गर्ने विषय : कानुनी, शैक्षिक र व्यावसायिक विश्लेषण

!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

बिशेष