चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। त्यसमध्ये ४ जना सहसचिवलाई स्थानीय तहमा खटाइएको छ । यसरी स्थानीय तहमा पठाइएका सहसचिवहरुमा रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकाबाट कलैया उपमहानगरपालिकामा खटाइएको छ । यस्तै,हालैमात्र सहसचिवमा उक्लिएका विजयकुमार शर्मालाई विराटनगर,टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिका,बसन्त बोहरालाई वीरगञ्ज महानगरपालिकामा खटाइँदा आरती न्यौपाने भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयमै पदस्थापन हुन सफल भएकी छिन् । हालैमात्र पदस्थापन भएका तीन जना सहसचिवलाई स्थानीय तहमा खटाइँदा कान्छी सहसचिवको रुपमा चर्चित आरती न्यौपानेलाई भूमि मन्त्रालयमै पदस्थापन गरिएको हो ।

बिज्ञापन

यता,सरुवाको सूची अनुसार, भूमिबाट लक्ष्मी पाण्डेय गौतम, रक्षाबाट कृष्ण पौडेल, कृषिबाट प्रदिपकुमार कोइराला,उद्योगबाट बलराम निरौला, भूमिबाटै पुष्पराज शाही र कृषिबाट भूपेन्द्र थापा गृहमा पुगेका छन् । लामो समयदेखि संघीय मन्त्रालयमा रहेका राजेश्वर ज्ञवाली र रोशन ज्ञवाली कोशी र गण्डकी प्रदेशमा सरुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष