पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छोड्न आदेश दिएको छ।पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा कारागारमा रहेका गुप्तालाई पुर्पक्षको लागि ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई छाड्न आदेश दिएको हो। सर्वोच्चले गुप्तालाई ५० लाख रुपैयाँ धरौटी वा त्यसबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ।

बिज्ञापन

विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशलाई मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको हो।गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो । सो आदेश अनुसार उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

बिशेष