संघीय मन्त्रालयको संख्या १७ बनाइयो,यी मन्त्रालय हुँदैछन् खारेज

सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ ।

बिज्ञापन

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या १७ मा झार्ने निर्णय गरेको छ । यस अघि २२ वटा मन्त्रालय थिए । सरकारले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेसँगै मन्त्रालयको संख्याको टुंगो लागेको छ ।
यस अघि २२ वटा मन्त्रालय रहेकोमा पाँच वटा मन्त्रालय कटौती गर्ने भएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो लागेको हो। संघीय सरकारका मन्त्रालयहरूको संख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा बनाइने भएको हो ।

बिज्ञापन

नियमावली स्वीकृत भएसँगै प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने टुंगो लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जस अनुसार, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेजीमा पर्नेछन् । युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टाइनेछ । खेलकुदलाई शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ ।

यसबाट छुट्टिएको युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने तयारी सरकारको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई छुट्टाइनेछ, जसलाई लगेर स्वास्थ्य मन्त्रालयमा गाभ्ने तयारी छ । त्यस्तै, खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयलाई गाभिनेछ, जसको नयाँ नाम एकीकृत भौतिक पूर्वाधार मन्त्रालय रहनेछ ।

बिज्ञापन

गाभिएका र खारेज गरिएका मन्त्रालयहरूको सूची राजपत्रमा प्रकाशित भएसँगै कार्यन्वयनमा जानेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय मन्त्रालयको संख्या १७ बनाइयो,यी मन्त्रालय हुँदैछन् खारेज

यस्ता छन मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रधानमन्त्री बालेनले संसदमा जबाफ नदिने,जुधाए मन्त्रिपरिषद्को बैठक

पक्राउ परे नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

बीवाइडी आयातमा ठूलो कर छली आशंका: ‘१०० किलोवाटभन्दा कम’ देखाएर अर्बौँ राजश्व छलि

बिशेष