प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।
बिज्ञापन
पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट उनलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहसचिव रितेशकुमार शाक्यले जनाएका छन् ।
राईलाई पुस १६ मा प्रतिनिधि सभाको सचिवमा नियुक्ति गरिएको थियो । तत्कालीन सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएपछि एमाले कार्यकर्ता राईलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गरिएको थियो । झापा मूल घर भएका राई प्रतिनिधि सभाको सचिव हुनु अघि भौतिक मन्त्री देवेन्द्र दाहालको सचिवालयमा कार्यरत थिए ।
सभामुख अर्यालले राईको कार्यसम्पादन शैलीमा प्रश्न गर्दै स्पष्टीकरण सोधेका थिए । दुई पटकसम्मको स्पष्टीकरणको चित्त बुझ्दो जबाफ नपाएपछि उनलाई पदमुक्त सांसदहरूलाई बोल्न दिने समयमा राईले पक्षपात गरेर प्रस्ताव ल्याएको आरोप उनीमाथि लाग्दै आएको थियो ।

































