साइबर बुलिङमा परेका उपसचिवलाई साता दिनपछि राहत

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहत्ता एक पछाडि अर्काे विवादमा मुछिएकी छिन् । मन्त्री मेहताका कारण एक कर्मचारीलाई अनाहकमा विवादमा मुछिएसँगै उनी फेरि विवादमा परेकी हुन । यस अघि गत चैत २६ गते १४ दिनमै पदमुक्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहसम्बन्धी विवादमा पनि मेहता जोडिएकी थिइन्। तत्कालीन श्रममन्त्री साहले पदीय शक्ति दुरुपयोग गरी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमविपरीत सक्रिय गराउँदा श्रम मन्त्री साहले पद गुमाउँदा मन्त्री मेहतलाई सचेत मात्रै गराएर चोख्याइएको थियो ।

बिज्ञापन

नर्सिङ पृष्ठभूमिबाट मन्त्री बनेकी मेहत्ताले कर्मचारी पजनीमै विशेष ध्यान दिएको देखिन्छ । यो अवधिमा तीन दर्जन बढी चिकित्सकको काज फिर्ता गरेको छ मन्त्रालयले । जसमा १० औं तहका २१, नवौं तहका ११ र आठौं तहका १ जना गरि ३३ जना डाक्टरहरूको काज फिर्ता गरेको जनाएको थियो तर कतिपय सरुवा कागजमै सीमित रहन पुगेको भन्दै मन्त्री मेहताको आलोचना भइरहेको छ ।

बिज्ञापन

जस्तो डा चुमनलाल दास मन्त्रालायबाट नारायणी अस्पताल खटाइएको पत्रको मसी नसुक्दै सार्क क्षयरोग केन्द्रमा पठाइएको छ । यस्तै,औषधि ब्यवस्था बिभागका सदाबहार महानिर्देशक नारायणप्रसाद ढकाललाई छानबिनका लागि मन्त्रालयमा तानिएको छ । विवादित पृष्टभूमिकै शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको बिषयमा स्वास्थ्य मन्त्री विवादमा तानिरहेकी छिन् ।

पछिल्लो समय सरकारले उपसचिवसम्मका कर्मचारीको चार पाँग्रे सुविधा खोसिँदा मन्त्रीका स्वकीय निर्वाध चार पाँग्रे सरकारी साधन,चालकसहित प्रयोग गरिरहेका छन् । उनै मन्त्री र सचिवालयका कर्मचारीहरुले एक कर्मचारीमाथि लगाएको आरोप मिथ्या भएको खुलेको छ । जेनजी विद्रोहका क्रममा जलेका २४ वटा सवारी साधनका नाममा इन्धन दुरूपयोग भएको र त्यसमा एक उपसचिवलाई मुछिएको थियो । सोही बिषयमा मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिइएको थियो । मन्त्रालयका सहसचिवको टोलीले यस बिषयमा छानबिन गर्दा मन्त्रीकै दावी झूठो साबित भएको हो । सो प्रकरण पछि एक सातादेखि निरन्तर तनाव व्यहोरेका घिमिरेले आज सामाजिक सञ्जालमा एउटा लामो पोस्ट सार्वजनिक गरेका छन् ।

बिज्ञापन

‘कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ सत्य भएर पनि आफूलाई प्रमाणित गर्नुपर्छ। नेपाल सरकारसँग सम्बन्धित डिजेल–पेट्रोल वितरण र जेन–जी आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा कुपन बाँडिएको भन्ने गम्भीर आरोपले मेरो मन, आत्मा र परिवारलाई गहिरो चोट पुर्यायो’, उनले अगाडि भने, ‘त्यो समय निकै कठिन थियो–निराशा, पीडा र अनेक प्रश्नहरूबीच पनि मैले सत्यप्रतिको विश्वास कहिल्यै गुमाइनँ।’

लोकसेवा आयोगका लागि पाठ्य सामग्री लेख्दै आएका उनी निजामती कर्मचारी क्षेत्रमा राम्रा प्रशिक्षकका रुपमा पनि परिचित हुन् । उनै घिमिरेले जलेका गाडीलाई इन्धन बाँडेको भन्दै साइबर बुलिङ गरिएका हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

बिशेष