सरकारले अनामनगरमा रहेको साततले घरमा डोजर चलाएको छ । अनामनगरस्थित देवीनगरमा रहेको सात तले घरमा आइतबार डोजर चलाइएको हो । भोजपुर,कटुञ्जेका इन्द्र चाम्लिङले बनाएको यो सात तले घरले धोबी खोला क्षेत्र मिचेको पाइएपछि भत्काइएको हो ।
बिज्ञापन
चाम्लिङको सरकारी जग्गा हडपेर बनाएको ७ तले बंगलामा आइतवार डोजर चलाइएको हो । कित्ता नम्बर ५७७ र १९१ को केही भाग ओगटेर उक्त टावर खडा भएको छ। शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । आइतबार पनि डोजर चलाइने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि प्रहरी परिचालन गरिएको छ । सुकुम्बासी बस्तीमा करिब आधा दर्जन बढी संरचना बनाएर चाम्लिङले मासिक दशौं लाख भाडा उठाउँदै आएका थिए । ती सरचनामा आज र हिजो गरेर डोजर चलेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, नापीका अधिकारीहरू फिल्डमा खटाएको बताए । सोही अनुसार साततले भवनमा डोजर चलाइएको उनले बताए ।


































