देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

मुलुकभरका २५ सय शाखा अधिकृत राजधानीमा ओइरिएका छन् । उनीहरु केही दिनदेखि काठमाडौं आउने क्रम जारी छ । उपसचिव पदका लागि लोक सेवा आयोगले लिन लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी हुन कम्तीमा २५ सय शाखा अधिकृत एकै पटक राजधानी आउनुपर्ने बाध्यता उत्पन्न भएको छ । लोकसेवा आयोगले प्रदेश कार्यालयबाट शाखा अधिकृतसम्मको परीक्षा मात्रै सञ्चालन गर्ने भएकाले उपसचिवको हकमा राजधानी आउनैपर्ने बाध्यता छ । प्रदेश कार्यालयहरु सहसचिव तहका कर्मचारीको जिम्मामा रहन्छन् । तर उपसचिवको परीक्षा सञ्चालन प्रदेश लोकसेवा आयोगबाट नहुँदा उनीहरु संघीय राजधानी आउन विवश छन् ।

बिज्ञापन

वैशाख १९ गतेदेखि जेठ ६ गतेसम्म लाई तोकिएको संशोधित परीक्षा तालिकामा सहभागी हुने क्रममा उनीहरु कम्तीमा तीन हप्तासम्म कार्यालयमा अनुपस्थित हुने अवस्था देखिएको छ । लोक सेवा आयोगले विगतमा माघमा लिने गरेको यो परीक्षा यस पटक फागुन २१ गतेको आमनिर्वाचनका कारण वैशाख–जेठलाई सारिएको थियो ।

बिज्ञापन

यता, बालेन सरकारले जारी गरेको १०० बुँदे शासकीय स्वरुपमा सरकारी कार्यालयका सेवालाई चुस्त बनाइने उल्लेख छ । तर, परीक्षाका कारण चौथो त्रैमासिकको हतारको समयमा अधिकांश कार्यालयमा भुक्तानी, अनुगमनको चाप बढी हुने गर्छ । जिल्लाका कार्यालयमा शाखा अधिकृतहरु नै नभएपछि कतिपय नीतिगत तहको टिप्पणी अघि बढाउन आधारभूत तहमै कर्मचारीको अभाव भएको अवस्था छ । यसबाट विशेषगरी जिल्ला प्रशासन,मालपोत,नापी,श्रम कार्यालयहरु प्रभावित भएको बताइन्छ ।

जिल्लाका कार्यालयमा शाखा अधिकृतहरु नै नभएपछि कतिपय नीतिगत तहको टिप्पणी अघि बढाउन आधारभूत तहमै कर्मचारीको अभाव भएको अवस्था छ । यसबाट विशेषगरी जिल्ला प्रशासन,मालपोत,नापी,श्रम कार्यालयहरु प्रभावित भएको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

बिशेष