निजामती किताबखानाको महानिर्देशक श्रवण कुमार पोखरेल टिमको कमाल,अब किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै,भौतिक रुपमा दूरदराजबाट पुल्चोकस्थित किताबखानाको कार्यालय धाउनुपर्ने,घण्टौं लाइन लाग्नुपर्ने झण्झटिलो व्यवस्था पूर्ण रुपमा अन्त्य भएको छ । किताबखानाका सम्पूर्ण सेवालाई पूर्ण डिजिटलाइज गरेसँगै लाखौंका संख्यामा रहेका बहालवाला निजामती कर्मचारी र लाखौंका संख्यामा रहेका पेन्सन होल्डर कर्मचारीहरु प्रत्यक्ष लाभन्वित हुने भएका छन् ।
बिज्ञापन
राष्ट्रिय निजामती किताबखानाले आफ्ना सबै सेवाहरु अब अनलाइन प्रणालीबाटै उपलव्ध हुने भएको छ । किताबखानाले वैशख १६ को मितिदेखि सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज्ड अर्थात अनलाइनबाटै उपलव्ध हुने बनाएको हो । सरकारी सेवाप्रवाह नागरिकको ठुलो गुनासो विद्यमान रहेको अबस्थामा निजामती किताबखानाले प्रविधिलाई पछ्याउँदै आफ्ना सबै सेवा र सुविधाहरु अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था बनाएको हो ।
निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अब किताबखानाबाट उपलव्ध हुने कुनै पनि प्रकारको सेवा सुविधा लिनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने झण्झटिलो व्यवस्था पूर्ण रुपमा अन्त्य भएको छ । अब आफू रहेकै स्थानबाट सिटरोल दर्ता,वैयक्तिक विवरण अद्यावद्यिकका लागि अनलाइन सेवा लिन सकिने व्यवस्था लागू भएको छ । यस्का अलवा तलबी अध्ययन प्रतिवेदन पारितका लागि विभागको डेडिकेटेट इमेल मार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।
यस्का अलवा राजीनामा वा अनिवार्य अवकाश हुने कर्मचारीले पेन्सन, उपदानलगायतका निवृत्त भएपछि पाउने सेवाहरूका लागि विभाग धाइरहनुपर्दैन । पेन्सन सुविधा लिनका लागि निवृत्तभरण अधिकारपत्र जारी गर्ने काममा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय वा आफू कार्यरुत कार्यालय मार्फत समेत राष्ट्रिय निजामती किताबखानाको पहुँच स्थापित गरी अनलाइन सेवा लिन सकिने र राष्ट्रिय किताबखाना आजबाट पूर्णतया फेसलेस भएको जनाइएको छ ।
किताबखानाले आफ्ना सबै सेवाहरु अनलाइन प्रणालीबाट उपलव्ध हुने व्यवस्था बनाएसँगै निजामती सेवाबाट अवकाश हुने वा राजीनामा दिने हजारौँ निजामती कर्मचारीलाई अब पुल्चोकस्थित किताबखाना धाइरहनुपर्ने झण्झट अन्त्य भएको छ । किताबखानाकै तथ्यांक अनुसार बार्षिक २३ सय हाराहारी कर्मचारी सेवाबाट अवकाश पाउदै आएका छन् । यस्का अलवा कर्मचारीहरुले किताबखनाबाट प्राप्त गर्दै आएका पेन्सनपट्टा, सञ्चित दिवाबापत पाउने सुविधा निर्धारणपत्र, औषधि उपचार सुविधा निर्धारण पत्र र निवृत्ति डिजिटल परिचयपत्रजस्ता सेवाहरुलाई समेत फेसलेस बनाइसकेको छ ।





























