अध्यादेश ल्याउँदै सरकार

सरकारले संसद् अधिवेशन स्थगित गरिसकेको अवस्थामा अध्यादेशमार्फत केही महत्वपूर्ण निर्णय अघि बढाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकबाटै सो प्रक्रिया अघि बढाउने संकेत देखिएको छ ।

बिज्ञापन

सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी लगायतका विषय समेटेर अध्यादेश ल्याउने प्रस्ताव प्रस्तुत हुने तयारी भएको उच्च स्रोतले जनाएको छ । संसद् बैठक नबस्ने अवस्थालाई उपयोग गर्दै सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाउने रणनीति बनाएको बताइएको छ ।

बिज्ञापन

यसअघि सरकारकै सिफारिसमा राम चन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर त्यसको भोलिपल्टै फेरि सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो ।

संसद् अधिवेशन स्थगित गरिएपछि अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था अघि बढाउने तयारीले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । संसद् बोलाएर छलफल नगरी अध्यादेशमार्फत संवेदनशील विषय अघि बढाउन खोजिएको भन्दै सत्ता र प्रतिपक्षबीच विवाद बढ्ने संकेत पनि देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

बिशेष