ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

पूर्व मन्त्री तथा राप्रपा नेता विक्रम पाण्डे पक्राउ परेका छन् । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।​​

बिज्ञापन

निर्माण व्यवसायीसमेत रहेका उनलाई आफू अनुकूलको ठेक्का पार्न ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा केन्द्रीय अनुसन्धान केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो । पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएको छ ।

बिज्ञापन

पाण्डे ०७९ को निर्वाचनमा चितवन३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कालिका कन्ट्रक्सन प्रालिका अध्यक्ष उनी संसद्को सोही कार्यकालमा स्वार्थ बाझिने गरी शहरी विकासमन्त्री भएका थिए ।

पूर्व शहरी मन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे चार करोड धरौटी बुझाएर रिहा भएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब तल्ला तहका कर्मचारीले हाकिमलाई कासमू अंक दिन पाउने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

महावीर पुन विज्ञान प्रविधि,गृहमा सुदन फर्कदै

निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

क्षमायाचना

गाभिएका मन्त्रालयका सचिवहरू ‘फुर्सदिला’

प्रशासन सुधारको बहसमा निजामती सेवा विधेयक

आज मन्त्रिपरिषद बैठक बस्दै

बिशेष