सिंहदरबारबाट गाउँपालिका खटाइएका कर्मचारीद्धारा धमाधम राजीनामा

सरकारले जागिरे जीवनको लामो कालखण्ड सिंहदरबारस्थित मन्त्रालय,आकर्षक कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुलाई खोजी खोजी स्थानीय तहमा खटन पटन गर्न थालेसँगै केही कर्मचारीहरुले पारिवारिक र स्वास्थ्यको कारण देखाउँदै सेवाबाटै राजीनामा दिन थालेका छन् । लामो समय सिंहदरबार आसपास कार्यरत रहेका शाखा अधिकृतहरुलाई नयाँ सरकारले स्थानीय तहमा खटन पटन गरेको थियो,केही अगाडि । तिनै मध्येका दुई जना शाखा अधिकृतको राजीनामा होल्डमै रहेको अवस्थामा अर्काे शाखा अधिकृतले आजैमात्र सरकारी सेवाबाटै राजीनामा दिएका हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएपछि दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएका हुन्।दुवै अधिकृतले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। दुवै अधिकृतको राजीनामा मन्त्रालयमा बुझाएको भए पनि सो राजीनामा स्वीकृत नहुँदै अर्काे शाखा अधिकृत गणेश घिमिरेले सेवाबाट राजीनामा दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र ६ जना शाखा अधिकृतको सरुवा गरेको थियो । सो सूचीमा गणेश घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको थियो । यसरी सिंहदरबारबाट स्थानीय तहमा खटाइएका घिमिरेले पनि पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

जेनजी विद्रोह पछि सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजकसमेत रहेका घिमिरेले सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवसमक्ष राजीनामा बुझाएका हुन । घिमिरे २०६७ पुस २० गते सरकारी सेवामा प्रवेश गरेका हुन ।, जागिरे अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, श्रम मन्त्रालय लगायतका निकायमा काम गरेका थिए।
उसो त हालैमात्र प्रधानमन्त्रीको टेबलमा काठमाडौं नछाड्ने र दुई बर्षभन्दा लामो समयदेखि सिंहदरबार र उपत्याकामा राज गरिरहेका पाँच हजार तीन कर्मचारीको सूची बुझाइएको छ । सो सूची बुझाए लगतै प्रधानमन्त्री कार्यालयमै पाँच बर्षदेखि बसिरहेका केही उच्च पदस्थ कर्मचारीहरुले लामो समय घर विदा लिएको समेत खुलेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी कार्यालयका फोन नउठ्ने र वेबसाइट अपडेट नहुने गुनासोपछि प्रधानमन्त्री कार्यालयको कडा निर्देशन

दुई अधिकृतमाथि कारवाहीको डण्डा

त्रिभुवन विमानस्थलका दुई अध्यागमन अधिकृत छानबिनमा

निजामतीलाई १५ दिनमै तलब,शिक्षकले चार महिना कुर्नुपर्ने

सिंहदरबारबाट गाउँपालिका खटाइएका कर्मचारीद्धारा धमाधम राजीनामा

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

बिशेष