सभामुखको गाडीलाई ट्राफिकको कारबाही, सिंहदरबारमै पुगेर चिट

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सभामुख डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ।

बिज्ञापन

थापाथली क्षेत्रको सडकमा लेन क्रस गर्दै नियम उल्लंघन गरेको पाइएपछि ट्राफिक प्रहरीले उक्त गाडीमाथि कारबाही गरेको हो। सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई पनि चिट काटिएको ट्राफिक स्रोतले जनाएको छ।

बिज्ञापन

घटनाअनुसार नियम उल्लंघन गर्दै ती गाडीहरू थापाथलीबाट सिंहदरबार पुगेका थिए। त्यसपछि ट्राफिक प्रहरी सिंहदरबारमै पुगेर कारबाही स्वरूप चिट काटिएको बताइएको छ।

ट्राफिक प्रहरी स्रोतका अनुसार नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुन सबैका लागि समान रूपमा लागू हुने भएकाले कारबाही गरिएको हो। “कसको गाडी भन्ने होइन, नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो,” स्रोतले जनाएको छ।

बिज्ञापन

लेन मिचेर सवारी चलाएको कारण उक्त गाडीमाथि कारबाही गरिएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष