खारेज भएका ८७५ स्वकीय सचिव ब्युँताउँदै बालेन सरकार, राज्यकोषमा बार्षिक २ अर्बको भारी

सांसदको स्वकीय सचिवको सुविधा ब्युँताउने प्रक्रिया अघि बढेको छ । यस अघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो। तत्कालीन सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा कटौती गरेको थियो। अनुत्पादक खर्च कटौती र मितव्ययिताका लागि भन्दै सरकारले गरेको निर्णयले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारी निर्णय ६ महिना नपुग्दै उल्टाउन लागिएको हो । गत असोज ५ गतेको क्याबिनेट बैठकले आर्थिक मितव्ययिता अपनाउने भन्दै दुवै तहका सांसदसहित राजनीतिक पदाधिकारीहरूको पिए सुविधा खारेज गरेको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधाका अलवा नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने निर्णय सरकारले गरेको थियो ।

बिज्ञापन

सो निर्णयसँगै संघका ३३४ र प्रदेशका ५५० सांसदले खाइपाइ आएको यो सुविधा रोकिएको छ । नयाँ सरकार आएसँगै अहिले फेरि सांसदहरूको पिए सुविधालाई निरन्तरता दिन लागिएको हो । सांसदहरुको दबाब पछि स्वकीय सचिवको सुविधा ब्युँताउने विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाइएको छ ।

बिज्ञापन

यदि सरकारले सांसदहरूको स्वकीय सुविधा ब्युँताउने निर्णय ग¥यो भने राज्यकोषबाट वार्षिक झण्डै आधा अर्ब खर्च हुने देखिन्छ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३३४ जना सांसद छन् । सात प्रदेशमा सांसदहरूको संख्या ५५० छ । कूल ८८४ मध्ये प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, सात प्रदेशका सभामुखको स्वकीय सुविधा यथावत छ । स्वकीय खारेजीको निर्णय उल्टियो भने बाँकी ८७५ जना सांसदले पिए पाउने छन् ।
सांसदलाई शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) सरह एक जना स्वकीय सचिव उपलब्ध गराइँदै आएको छ । सुशीला कार्की सरकारले खारेज गरेको उक्त व्यवस्था वालेन सरकारले व्युताउन लागेको हो ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसदका स्वकीय सचिवले अधिकृतसरह ४२ हजार मासिक तलब र ५ हजार महंगी भत्ता पाउने व्यवस्था छ । यस हिसाबले हेर्दा संघमा सभामुख, उपसभामुख, अध्यक्ष र १५ जना मन्त्रीबाहेक ३१६ सांसदले पिए सुविधा पाउँदा सरकारले मासिक १ करोड ४८ लाख ५२ हजार भुक्तानी गर्नुपर्ने हुन्छ । सांसदहरू पाँच वर्षका लागि चुनिएकाले पूरै अवधि गणना गर्दा यो खर्च ८९ करोड ११ लाख २० हजार पुग्छ । प्रदेश सभा सदस्यका स्वकीयको हकमा नायब सुब्बासरह ३५ हजार पारिश्रमिक पाउने कानुनमा उल्लेख छ । यसअनुसार सभामुख र मन्त्रीबाहेक करिब ५ सय सांसदको स्वकीयवापत मासिक १ करोड ७३ लाख ५५ हजार खर्च हुन्छ । पाँच वर्षको हिसाब गर्दा १ अर्ब ४ करोड १३ लाख पुग्छ । संघ र प्रदेशका सबै माननीयको कूल स्वकीय खर्च १ अर्ब ९३ करोड २४ लाख २० हजार हुन आउँछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष