ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

ऋषि धमलाले सरकारलाई ७५ लाख तिर्न बाँकी रहेको भेटिएको छ । लामो समयदेखि भृकुटीमण्डपमा रिर्पोटर्स क्लब सञ्चालन गर्दै आएका धमला अध्यक्ष रहेको उक्त संस्थाले सरकारलाई बुझाउनु पर्ने ७५ लाख रकम नतिरेको भेटिएसँगै आज समाज कल्याण परिषद्ले क्लबसँगै अन्य कार्यालयमा पनि ताला लगाइदिएको छ । परिषद्ले सार्वजनिक सूचना पटकपटक जारी गर्दा पनि बक्यौता नबुझाएको कारण धमलाको क्लबसँगै विभिन्न २० वटा संघ संस्थामा ताला लगाइदिएको छ ।

बिज्ञापन

काठमाडौंको भृकुटीमण्डपमा भाडामा सटल लिएर वर्षौंदेखि भाडा नतिरेपछि आज समाजकल्याण परिषद्‌ले त्यहाँ ताला लगाइदिएको हो ।

बिज्ञापन

परिषद्को अनुसार,काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको बक्यौता १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । यस्तै राष्ट्रिय अपांग महासंघले पनि परिषद्लाई १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा बक्यौता रहेको छ भने ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा बक्यौता रहेको जनाइएको छ ।
यस्तै,तेस्रो नम्बरमा नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले पनि २१ लाख ८५ हजार ९५७ रुपैयाँ, उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७०, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा तिरेको छैन ।
यसरी भाडा तिर्न बाँकी रहेका अन्यमा जुत्ता,फलफूल तथा खाजा पसलहरु रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

क्षमायाचना

मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

सञ्चयकोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव

बिशेष