सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी अघि बढाएको छ। यसका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालय ले ऐन संशोधनसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।

बिज्ञापन

विधायन ऐन २०८१ को दफा ६ को उपदफा २ अनुसार कुनै पनि विधेयकको प्रारम्भिक मस्यौदा जनताको राय र सुझावका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार कार्यालयले चैत २५ गते मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकारवाला र विज्ञबाट सुझाव मागेको हो। उक्त मस्यौदामाथि वैशाख १ गतेसम्म राय तथा सुझाव दिन सकिने व्यवस्था गरिएको छ।

बिज्ञापन

संकलित सुझावहरूका आधारमा आवश्यक परिमार्जन गरेपछि मस्यौदा सम्बन्धित मन्त्रालयमार्फत सरकारसमक्ष पेश गरिनेछ। त्यसपछि नेपाल सरकारको मन्त्रिपरिषद् ले स्वीकृति दिएमा विधेयक संसदमा दर्ता हुनेछ।

संसदबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि नेपालका राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै संशोधित ऐन कार्यान्वयनमा आउने प्रक्रिया अघि बढ्नेछ।

बिज्ञापन

सरकारले सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले ऐन संशोधनको तयारी थालेको जनाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सेवाबाटै बर्खास्तमा परे खरिदार

सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

सम्पर्क अधिकृत छनौटमा पारदर्शिताको प्रश्न

सही गरेर खाने कर्मचारी, समातिने लेखापढी

खोटाङमा पाइप खरिदमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

प्रेमको अपरिमेय पाठशाला : ‘प्रेमालय’ को दार्शनिक–मनोवैज्ञानिक पक्ष

सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

बिशेष