अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाको नाममा व्यापक दुरुपयोग भएको तथ्यहरु खुलेको छ । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी गरी ३९८ जना अध्ययन बिदामा गएर नफर्किँदा २ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको तथ्य खुलेको हो । त्रिविका उपप्राध्यापक डा जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ५ महिना बढी लगाएर खोज गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरिएको भेटिएको हो । प्रतिवेदनअनुसार यस्ता विदा लिनेको संख्या ३९८ प्रध्यापक रहेका छन् । जसमध्ये १९१ प्राध्यापक अध्ययन बिदा लिएर विदेशमा पढाइ पूरा गरी उतै रमाइरहेका छन् । यस्तै बिदा लिएर अध्ययन पूरा गर्नेहरू २०७ जना रहेका छन् ।

बिज्ञापन

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् । यस्तो दुरुपयोगमा मुछिएकामध्ये हालसम्म १९ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएर नफर्किएपछि १० प्रतिशत ब्याजसहित आफूले खाएको सबै रकम फिर्ता गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

यसरी अध्ययन विदा दुरुपोग गर्नेमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना रहेको जनाइएको छ । त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । सोही प्रावधान अनुसार,हालसम्म १९ जनाले ६ करोड बढी रकम फिर्ता गरिसकेको र रकम फिर्ता गर्न ४५ जनाको निवेदन प्राप्त भएको जनाइएको छ । यसरी रकम फिर्ता गर्नेमा पृथ्वीनारायण क्याम्पास पोखराका उप प्रध्यापक मित्रमणी सुवेदीले ४३ लाख १४ हजार, शिक्षासास्त्र केन्द्रीय विभागका उप प्रध्यापक हेमाकुमारी रावतले ४४ लाख ७३ हजार र पश्चिमाञ्चल क्याम्पस पोखराका उप प्रध्यापक ज्ञानप्रसाद गौतमले ७ लाख ५५ हजार,पद्मकन्या क्याम्पसका उप प्रध्यापक रेना श्रेष्ठले ९ लाख ७५ हजार, पोखरा क्याम्पसका उप प्रध्यापक शेषकान्त भण्डारीले ३६ लाख ३१ हजार पोखरा क्याम्पसका उप प्रध्यापक शम्भु पौडेलले ४४ लाख ८३ हजार रुपैयाँ रकम फिर्ता गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष