सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा शुक्रबार समेत कार्यालय समय बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय सकारात्मक कदम हो। तर बिहान ९:०० बजेदेखि कार्यालय सञ्चालन गर्ने व्यवस्था नेपालको परिवेशमा त्यति उपयुक्त देखिँदैन, किनकी:
बिज्ञापन
• नेपाली समाजमा बिहान घरपरिवारका जिम्मेवारी (घरको काम, खाना तयारी, बालबालिका/बाबुआमा/सासुससुराको हेरचाह आदि) बढी हुने भएकाले कर्मचारीलाई ९:०० बजे कार्यालय पुग्न हतार भई थप तनाव सिर्जना हुन्छ।
• बिहानै ७–८ बजे हतारमा खाना खानु पर्दा शारीरिक असहजता हुनजाने र मानसिक स्फूर्तिमा कमी आई कार्यसम्पादनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
. हाम्रो खानपानको चलन विदेशीको भन्दा फरक छ। हामी हल्का ब्रेकफास्ट, हेबी लन्च र ठिक्क डिनर गर्दैनौ। हाम्रो खाना बिहान बेलुका हेबि दाल, भात, तरकारी हो। तसर्थ पनि एक बिहानै खाना खाने कुरा सहज छैन।
• अधिकांश सेवाग्राही १०–११ बजेपछि मात्र कार्यालय आउने भएकाले ९–१० बजेको समयको प्रभावकारी उपयोग हुन सक्दैन।
• सेवाग्राहीको न्यून उपस्थिति रहने कार्यालय/मन्त्रालय/निकायमा बिहान ९:०० बजेनै कार्यालयमा पुग्नुपर्ने औचित्य कम देखिन्छ।
• हालको अबस्थामा सरकारी कर्मचारीका लागि उपलब्ध तलब सुबिधाबाट दैनिक बाहिर लन्च/खाजा/खानाको खर्च व्यहोर्न कठिन हुन्छ।
• धेरै कार्यालयमा गुणस्तरीय, स्वच्छ र किफायती क्यान्टिन सुविधाको अभाव छ; भएका स्थानमा पनि सरसफाइ र खाद्य गुणस्तरका समस्या छन्।
• घर र कार्यालय दुबै जिम्मेवारी सम्हाल्नुपर्ने विशेषतः महिला कर्मचारीमाथि थप हैरानी, तनाब र बोझ थपिने हुन्छ ।
• सार्वजनिक यातायात पूर्ण रूपमा भरपर्दो नभएकाले ९:०० बजे कार्यालय पुग्न झनै चुनौतीपूर्ण हुन्छ।
• ‘Work from home’ जस्ता लचिलो कार्यप्रणालीको सन्दर्भमा अनिबार्य ९–५ समय संरचना सान्दर्भिक नहुनसक्छ ।
• बिहानको पहिलो घण्टामा कार्य–उत्पादकता अपेक्षाकृत कम रहने र समयको उपयोगिता नहुने अवस्था देखिन्छ।
• अत्यधिक हतारो र खानपिनको असहजताले गर्दा कर्मचारीमा दीर्घकालीन तनाव, असन्तुष्टि र मनोबलमा गिरावट आउने सम्भावना रहन्छ, जसले गर्दा अन्तत: सेवाप्रबाहको गुणस्तर र प्रभावकारितामा प्रतिकूल असर पर्ने हुन सक्छ।
अतः उपरोक्त अवस्था तथा कर्मचारीको work-life balance समेतलाई बिचार गर्दा नेपालको सन्दर्भमा सोमबार-शुक्रबार १०:००–५:०० कार्यालय समय नै बढी व्यवहारिक, कर्मचारी–मैत्री र सेवाग्राही–उन्मुख विकल्प हो जस्तो लाग्छ, जसले सार्वजनिक सेवा प्रवाहको गुणस्तर, कार्यसम्पादनको प्रभावकारिता र कर्मचारी सन्तुष्टिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
(निजी बिचार )






























