शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

शिक्षा मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा कक्षा पिच्छे पटक पटक भर्ना शुल्क नलिन निर्देशन दिएको हो ।

बिज्ञापन

एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पनि पटक–पटक भर्ना शुल्क लिएको, विद्यालयहरूले अग्रिम शुल्क असुलेको, स्वीकृतभन्दा बढी शुल्क लिएको, तोकिएको शीर्षकभन्दा फरक शीर्षकमा शुल्क उठाएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

बिज्ञापन

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि अनुरोध गरिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रालयले केही विद्यालयहरूले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको तथा भर्ना बापत अग्रिम शुल्क असुलेको भन्दै विभिन्न गुनासा आएको तर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञापन

यसका साथै, सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै मन्त्रालयले नियमविपरीत र कानुनी प्रावधानभन्दा बाहिर गएर लिइएको अग्रिम शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गराउन भनेको छ। यदि कुनै विद्यालयले यो निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय तहहरूलाई अधिकार प्रत्यायोजन गरिएको मन्त्रालयको भनाइ छ ।

यस्तै, मन्त्रालयले शिक्षा नियमावली, २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न वा गराउन नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

बिशेष