पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ? - Karmacharipress

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलियम पर्दाथमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । हाल एक लिटर पेट्रोलमा मात्रै राज्यले ६६ रुपैयाँ ९८ पैसा कर लाग्दै आएको छ । पेट्रोलमा भन्सार २५ रुपैयाँ २३ पैसा र भ्याट २३ रुपैयाँ २४ पैसा लाग्छ । त्यसबाहेक पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत सम्भार कर ४ रुपैयाँ, मूल्य स्थिरीकरण कोष २ रुपैयाँ २ पैसा, प्रदूषण कर १ रुपैयाँ ५० पैसा र हरित कर १ रुपैयाँ राज्यले लिँदै आएको छ । यस्तै डिजेलमा प्रति लिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्ने तथ्यांकले देखाएको छ । डिजेलमा भन्सार १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार २ रुपैयाँ, प्रदूषण कर १ रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ, हरित कर १ रुपैयाँ, भ्याट २० रुपैयाँ ९४ पैसा र मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ८२ पैसा लाग्छ ।

बिज्ञापन

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेसँगै अब प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५० पैसा र डिजेलमा ११ रुपैयाँ कर छुट हुनेछ। तर यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि मात्र कार्यन्वयन हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष