रास्वपा पार्टीका सभापति रवि लामिछानेले विभिन्न पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएकाले राजीनामा गरिदिन आग्रह गरेका छन् ।
बिज्ञापन
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन उनले पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गरेका हुन । सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन्।
‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने।
उनले आफूहरु सिंहदरबार चलाउन नभइ बदल्न आएको बताए । उनले कर्मचारीतन्त्रसहित सिंगो देश नै सरकारको रफ्तारमा हिड्नुपर्ने समेत बताए । “कर्मचारीतन्त्रसहित सिंगो देश नै सरकारको रफ्तारमा हिड्नुपर्छ ।
बिज्ञापन
यस्तै, सभापति लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने र आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । उनले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब नदोहोरिने,विगतमा झैं अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए ।
उनले सुशासनको वेग भने नरोकिने जनाए ।


























