प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

तल्लो सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग दुई तिहाईको शक्ति छ तर माथिल्लो सदनमा सत्तापक्ष शून्यको स्थितिमा छ । १८२ सिट सहित तल्लो सदनमा सत्ता पक्षलाई दुई तिहाई बहुत दिए पनि उपल्लो सदनमा भने सभामा सत्तापक्षको बेन्च नै नरहने ।

बिज्ञापन

५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेश केन्द्रित दलका प्रतिनिधिहरु छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने १९ जनामध्ये हालै निर्वाचित भएका छन् । जसमा नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित भएका हुन बाँकी १ सिट राष्ट्रपतिबाट मनोनयन हुन बाँकी छ । स्थायी सदन मानिने राष्ट्रियसभामा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट लगायतको उपस्थित रहेको छ । रास्वपाको एक सिट पनि छैन ।

बिज्ञापन

संसद सचिवालयका कर्मचारीहरुका अनुसार, कुनै दलले सरकारको समर्थन गरेर सत्तापक्षमा बस्छु भन्ने जानकारी नगराएसम्म राष्ट्रिय सभामा सत्तापक्षको बेन्चको व्यवस्था नरहने अवस्था बनेको छ । अध्यक्षको देब्रेतिर प्रतिपक्ष, बिचमा सत्तापक्ष र दाहिनेतर्फ सरकारका प्रतिनिधि रहने गरी बस्ने व्यवस्था गरिएको हुन्छ । यस्तै मनोनित सदस्यका लागि छुट्टै बेञ्चको व्यवस्था गरिएको हुन्छ ।
यसरी उपल्लो सदनमा बहुमत नहुँदा रास्वपालाई कानुन निर्माणमा अप्ठ्यारो पर्ने देख्छन,जानकारहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

बिशेष