तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा - Karmacharipress

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

झण्डै तीन वर्षदेखि अदालतको चक्कर काटिरहेकी न्याय सेवातर्फकी एक शाखा अधिकृतले मुद्दा जितेर उपसचिवमा नियुक्ति भएकी छिन् । सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै लामो पर्खाइपश्चात उपसचिवमा उनको बढुवा भएको छ । सर्वोच्चबाट स्पष्टीकरण सोधिएर उच्च अदालत जनकपुरअन्तर्गत राजविराज इजलासमा सरुवा भएकी उपसचिव सिर्जना गौतम र शाखा अधिकृत मनीषा सुवेदीले एकैपटक अर्थात चार वर्षअगाडि लोकसेवाको परीक्षा दिएका थिए ।

बिज्ञापन

लोकसेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६७०/ ०७९- ८० (महिला)तर्फ न्याय सेवा,न्याय समूह,राजपत्राकिंत द्धितीय श्रेणी वा सो सरहको पदमा आयोगको सूचना १५५३/ ०७९- ८० मिति ८० जेठ १२ को सूचना अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएकी थिइन ८७१४४७ रोल नम्बरकी उमेद्धार सृजना गौतम । सिर्जना खुलामा पास हुँदा मनीषाको नाम वैकल्पिकमा निस्किएको थियो। सोही विरुद्ध सिर्जनाले फेक डकुमेण्टको आधारमा आवेदन दिएको भन्दै मनीषाले लोकसेवामा उजुर हालिन् । तर, लोकसेवाले यसउपर कुनै कारबाही गरेन । र, उनी सर्वोच्च पुगिन । २०८० जेठ १६ गते दर्ता भएको उनको मुद्दा नम्बर ०७९–डब्ल्युओ–१३३८ रहेको छ । १६ पटक पेशी चढेको र झण्डै तीन वर्ष चलेको मुद्दामा माघ ४ गते आइतबार अदालतले परमादेश जारी गरेको छ,मनिषाको पक्षमा ।

बिज्ञापन

सर्वाेच्चका न्यायधीशद्धय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले मुद्दामा फैसला सुनाएसँगै मनीषा बढुवा भएकी छिन् भने सिर्जनाको बढुवा रद्द भएको छ । यद्यपि, सिर्जनाले अघिल्लो वर्ष उपसचिवको परीक्षा पास गरिसकेकी छिन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

बिशेष