बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

बहुराष्ट्रिय कम्पनीका ट्रेडमार्क चोरीमा मुछिएका १० स्वदेशी कम्पनीसँग स्पष्टीकरण सोधिएको छ । उद्योग विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो।

बिज्ञापन

विभागले यसअघि नै सम्बन्धित उद्योगहरूको ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाए पनि हालसम्म कुनै जवाफ नआएको र म्याद तामेली प्रतिवेदन समेत प्राप्त नभएकाले यस पटक अन्तिम पटक अल्टिमेटम दिइएको सूचनामा जनाएको छ। नेपाल विश्व व्यापार संगठनको सदस्य हो र पेरिस कन्भेन्सनको समेत अनुमोदन गरिसकेको अवस्था छ। नेपालमा ट्रेडमार्क सम्बन्धमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ ले आवश्यक कानूनी व्यवस्था गरेको छ। नेपाल विश्व व्यापार संगठनको सदस्य बनेकाले यसका मान्यताहरूको पूर्ण पालना गर्न आवश्यक हुन्छ।

बिज्ञापन

वर्ल्ड इन्टेलेक्चुअल पपर्टी अर्गनाइजेसनद्वारा प्रकाशित डब्लूआईपीओ इन्टेलेक्चुअल पपर्टी ह्यान्डबुक लगायत ट्रेडमार्कसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूमा कुनै चिन्हलाई दर्ता भएको ट्रेडमार्कसँग तुलना गर्दा झुक्यानमा पार्नेगरी उस्ताउस्तै देखिन नहुने मान्यता अवलम्बन गरेको देखिन्छ। कुनै चिन्ह प्रयोग हुने वस्तु वा सेवा, दुईवटा चिन्हमा भएको समानता र ग्राहकले झट्ट हेर्दा झुक्किन सक्ने अवस्थालाई समेत आधार लिनुपर्ने मान्यता रहेको छ। यसरी ट्रेडमार्क चोरीको आरोप लगाउँदै द कोकाकोला कम्पनीले दुई वटा कम्पनीविरुद्ध उजुरी दिएको थियो । विभागका अनुसार, पाथीभरा फूड एण्ड प्याकेजिङ उद्योगले ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ र प्रिमियर अर्गान्स प्रालि नामक कम्पनीले ‘पलपल कोला’ नाम प्रयोग गरी उपभोक्तालाई गुमराहमा पारेको आरोप लगाइएको छ ।

यस्तै,जर्मनीको प्रसिद्ध फेसन ब्रान्ड ह्युगो बोसले झापाको इमानुर फेसन वेयर इन्डस्ट्रिजको ‘बास’ ट्रेडमार्क विरुद्ध उजुरी दिएको छ।

बिज्ञापन

अमेरिकी सफ्टवेयर कम्पनी जुम कम्युनिकेसनले कविश मार्केटिङ प्रालिविरुद्ध ‘कविश जुम कस्मेटिक्स’ नाममा ट्रेडमार्क नक्कल गरेको दाबी गरेको छ । इनर्जी ब्रान्ड्स इन्कले रुपन्देहीको एक्वा नेपाल बिस्लेरीको ‘एएनबीएस गुड ड्रिङ्क्स’ र मनोहरा फूड एण्ड वेभरेज (काठमाडौं) को ‘डीजी स्मार्ट एच२०’विरुद्ध,टर्नर इन्टरटेनमेन्टले नौलो फुड्स (चितवन) को ‘किङकर्न लट्री’ र पवित्रा लक्ष्मी फूड (भक्तपुर) को ‘जेरिज कोन’ विरुद्ध उजुरी दिँदा विभागमा अमेरिकाको ट्रेक बाइसाइकलले ‘टर्बो ट्रेक’ विरुद्ध र न्युजिल्यान्डको काठमाडौं लिमिटेडले ‘द ओन काठमाडौं’ विरुद्ध ट्रेडमार्क चोरीको उजुरी दर्ता गराएका छन्।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र विभागको कानुन शाखामा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुनहुन सूचित गरिन्छ, विभागको सूचनामा उल्लेख छ। तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नआएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने र पछि कुनै उजुरी नलाग्ने चेतावनी समेत विभागले दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष