मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अपरान्ह तीन बजे मन्त्रिपरिषद्को बस्न लागेको हो ।

बिज्ञापन

गत फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराएपछिको यो पहिलो बैठक हो । यस अघि नियमित रुपमा सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको थियो । फागुन २५ र फागुन २८ मा मन्त्रिपरिषद्को बैठक बस्ने चर्चा भए पनि बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको यो अन्तिम बैठक हुनेछ ।

बिज्ञापन

स्रोतका अनुसार,आज बस्ने मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा लैजाने तयारी छ । उसो त काम चलाउको हैसियतमा पुगेको सरकारले कुनै महत्वपूर्ण नियुक्ति,सरुवा,बढुवा नगर्ने बुझिएको छ ।

गत सोमबार मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय भएसँगै सरुवा,नियुक्ति,बढुवा हुनुपर्ने दर्जनौं फाइलहरु पेण्डिङ्गमा छन् । सचिव बढुवाका लाइनमा रहेका सहसचिव कमल भट्टराई,इन्दु घिमिरे र हालैमात्र भ्रष्टचार मुद्धामा सफाइ पाएका इमनारायण श्रेष्ठ मध्ये एक लाई उकाल्नुपर्ने छ । यस्तै, गृहबाट सशस्त्र प्रहरी बलका दुई नायव महानिरीक्षक ९डीआईजी०को पदावधि थप्ने प्रस्ताव अगाडि बढ्न सकेको छैन । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूहतर्फका डीआईजी लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएकोमा सो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी रहेकोमा त्यतिकै अड्किएको छ । यस्तै,पर्यटन मन्त्रालय मातहतको नागरिक उड्डयन प्राधिकरणको महापिनर्देशक,नेपाल वायू सेवा नियमको नियुक्ति, राष्ट्रिय अपाङ्ग कोषका सभापतिका अलवा सबैभन्दा पेचिलो मानिएको डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया होल्ड हुन पुगेको छ ।

बिज्ञापन

वालेन सरकार बने लगतै १० देशका राजदूत नियुक्ति,राष्ट्र बैंकमा डेपुटी गभर्नर,अख्तियारमा आयुक्त, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त लगायत अरु संवैधानिक आयोग,राष्ट्रिय सभामा एक मनोनित सदस्यका अलवा प्रधानन्यायाधीश र सशस्त्र प्रहरीका प्रमुख लगायतका नियुक्तिहरु गर्ने छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

बिशेष