अमरेश सिंहको गगन थापालाई खुल्लापत्र: चुनावका तीता कुरा बिर्सेर देश निर्माणमा लागौँ

नवनिर्वाचित सांसद अमरेश सिंहले नेपाली कांग्रेसका सभापति तथा चुनावी प्रतिस्पर्धी गगन थापालाई चुनाव सकिएकाले विगतका तीता अनुभव बिर्सेर देश निर्माणको दिशामा अघि बढ्न आग्रह गरेका छन्।

बिज्ञापन

सिंहले सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै खुल्लापत्र लेखेका हुन्। उनले सर्लाहीमा आएर चुनाव लडेकोमा थापालाई धन्यवाद दिँदै चुनावले प्रतिस्पर्धा रोचक बनेको बताएका छन्।

बिज्ञापन

उनले आफ्नो पत्रमा केही भ्रष्ट समूहको प्रभावमा चुनावी प्रतिस्पर्धा भएको दाबी गर्दै ती समूहले आफूविरुद्ध व्यक्तिगत तथा पारिवारिक जीवनमाथि टिप्पणी गराएको आरोप समेत लगाएका छन्। यद्यपि, यस्तो गतिविधिले आफूलाई खासै असर नगरेको उल्लेख गर्दै सिंहले राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

सिंहले चुनावी प्रतिस्पर्धामा भएका तीता कुरा अब बिर्सनुपर्ने बताउँदै आगामी दिनमा देश निर्माणका विभिन्न मुद्दामा सहकार्य हुन सक्ने पनि संकेत गरेका छन्।

बिज्ञापन

उनले आफू आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध जनमत पाएको दाबी गर्दै थापालाई पनि भ्रष्टाचारविरुद्धको स्वच्छ राजनीतिमा साथ दिन आग्रह गरेका छन्।

सिंहले पत्रको अन्त्यमा थापाले कांग्रेसभित्र परिवर्तन ल्याउने प्रयास गरेको उल्लेख गर्दै आगामी राजनीतिक यात्रा अझ स्वच्छ र पारदर्शी होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष