प्रतिनिधि सभामा भाग लिएका चार पूर्व सामान्य प्रशासन मन्त्री : तीन पराजित,एक निर्वाचित

प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका चार जना पूर्व सामान्य प्रशासन मन्त्रीमध्ये तीन पराजित भएका छन् भने एक जनामात्र निर्वाचित भएका छन् ।

बिज्ञापन

प्रतिनिधि सभाका निर्वाचनमा भाग लिएका पूर्व मन्त्रीहरु थिए हृदयेश त्रिपाठी,अमनलाल मोदी,गणेश ठगुन्ना,भगवती न्यौपाने । यस्मध्ये दार्चुलाबाट पूर्व मन्त्री गणेश सिंह ठगुन्नामात्र विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका ठगुन्नाले यस पटक भने पुनः संसदमा आफ्नो स्थान बनाएका हुन् । निर्वाचन परिणामअनुसार ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत मात्र पाए । उनी । २०७८ सालमा उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका थिए ।

बिज्ञापन

यस्तै प्रतिनिधि सभा निर्वाचनमा भाग लिएकामध्ये तनहुँबाट उमेद्धार बनेकी पूर्व सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने ५८३० मत ल्याएर तेस्रो स्थानमा खुम्चदा त्यहाँबाट स्वर्णीम वाग्ले निर्वाचित भएका छन् ।
यस्तै,सो निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उमेद्धार गोविन्द भट्टराई १६ हजार २३१ मत प्राप्त गर्दा स्वर्णिम वाग्ले ३८ हजार ४० मत ल्याएर विजयी भएका छन् ।
यस्तै,नवलपरासी क्षेत्र नम्ब। १ बाट निर्वाचनमा भाग लिएका पूर्व सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि पराजित भएका छन् । त्यहाँबाट रास्वपाका विक्रम खनाल वजयी भएका छन् । खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा नेपाली काँग्रेसबाट निर्वाचन लडेका डलरे अर्वपति विनोद कुमार चौधरी ९ हजार ५०२,नेकपा एमालेका उमेद्धार राम प्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीबाट निर्वाचन लडेका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरी चौथौं स्थानमा रहेका छन् ।

यस्तै,मोरङ ४ बाट प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका अमनलाल मोदी पनि पराजित भएका छन् । सो निर्वाचन क्षेत्रबाट रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसका गुरु राज घिमिरेले १२ हजार ८१८ मत पाएका छन भने पूर्व सामान्य प्रशासन मन्त्री अमन लाल मोदी
त्यहाँ तेस्रो भएका छन् । उनले १० हजार ७६२ मात्र मत प्राप्त गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

बिशेष