रसुवा — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रसुवा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य विजयी भएका छन्।
बिज्ञापन
कुल २५ हजार १ सय २२ मत गणना हुँदा आचार्यले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीभन्दा फराकिलो मतान्तरले जीत हासिल गरेका हुन्।
उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर तामाङले ४ हजार ६ सय ८८ मत पाएका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार मानबहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधव प्रसाद लामिछानेले ९ सय ५३ मत प्राप्त गरेका छन्।
बिज्ञापन
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म १ हजार १ सय ८८ मत बदर भएका छन्।रसुवामा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेस उम्मेदवार आचार्य विजयी भएका हुन्।


























