यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

एउटा यस्तो मतदान केन्द्र जहाँ ३९ जना मतदाता रहेका छन् तर फागुन २१ मा मतदान गर्ने एक अहिलेसम्म एक जना मात्र मतदाता गाउँमा रहेका छन् ।

बिज्ञापन

फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्। यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ। जसमध्ये एउटा यस्तो मतदान केन्द्र छ,जहाँ जम्मा ३९ जना मतदाता रहेका छन् ।

बिज्ञापन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गत पर्ने साङ्ता मतदान केन्द्रको अवसथ हो यो । समुन्द्री सतहबाट करिब ४,५०० मिटर उचाइमा रहेको साङ्ता गाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा पर्दछ। १३ घरधुरी र ३९ मतदाता रहेको यस गाउँका अधिकांश बासिन्दा जाडो छल्न जोमसोम आसपास, पोखरा र काठमाडौं झरेका छन्। हाल गाउँमा केही गोठाला बाहेक घरहरू बन्द अवस्थामा रहेको जनाइएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको सबैभन्दा विकट मतदान केन्द्र मानिएको साङ्तामा मतदान गर्नलाई अहिलेसम्म गाउँमा एकजना मात्रै छन् । सो मतदान केन्द्रमा मतदान अधिकृत, सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी, म्यादी प्रहरी, कर्मचारीसहित १३ जनाको टोली खटाइएको छ । मतदान केन्द्र तोकिएको छ,साङ्ताको हिमाली आधारभूत विद्यालय ।

बिज्ञापन

आयोगका अनुसार, ११ हजार ३२७ मतदाता कायम रहेको मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्र आठवटा, ३०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्र २१, त्यसभन्दा कम रहेका मतदान केन्द्र १८ छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष