खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

सरकारले खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति स्थगित गरेको छ ।

बिज्ञापन

मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरुमा परेको प्रत्यक्ष असरलाई लक्षित गर्दै सरकारले तत्काल खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको हो । मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको बताए । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।

यो हमलाको मारमा खाडी मुलुकमा रहेका झण्डै २० लाख नेपाली श्रमिकहरु प्रत्यक्ष मारमा परेका छन् । सबैभन्दा बढी संयुक्त अरव इमिरेट्समा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार र ओमान २५ हजार कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

बिज्ञापन

तिनकै सुरक्षाको सवालमा प्रश्न उठिरहेको समयमा सरकारले ती मुलुकमा जाने कामदारहरुको श्रम स्वीकृति अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरेको हो । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो । जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ ।

त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री भण्डारीले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लमजुङको सिडियोमा खनाल

उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

बिशेष