रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

पछिल्लो दुई दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन महत्वपूर्ण नेताले पार्टी छोडेका छन् । मधेश प्रदेश सभापति कांग्रेस प्रवेश गरेको २४ घण्टा नबित्दै रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पनि सो पार्टी परित्याग गरेका हुन ।

बिज्ञापन

हुमागाईले सामाजिक सञ्जालमार्फत् रास्वपालाई मत नदिन जनतालाई खुला अपीलसमेत गरेका छन् । ‘समानुपातिक सूची केलाइ केलाइ हेरौँ, पैसा र शक्तिको आडमा सांसद बनाउन खोज्ने पार्टीलाई भोट दिदै नदिउँ, नत्र पछुताउनुपर्ला’, उनले भनेका छन् । उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको, वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको भनाई छ । विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको प्रति आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन ।

बिज्ञापन

उसो त हिजोमात्र रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्माले बुधबार पार्टी छोडेकी थिइन् । शर्माले राजीनामा दिएको भोलिपल्टै बागमती प्रदेशका उपसभापति एवं २०७९ सालमा काभ्रे २ बाट उम्मेदवार बनेका दिनेश गौतमले पार्टी परित्याग गरेका छन् । यस अघि
यसैगरी, रास्वपा नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् । उनी ७९ सालको प्रतिनिधिसभाकी उम्मेदवार थिइन् । केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै उनले पार्टीको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धता विपरीत गतिविधि बढ्दै गएकोले पार्टी छाडेको घोषणा गरेकी हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष