यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा वालेन साहका सबैभन्दा ठूलो दुश्मन ठहरिए,गरिब र गरिखाने वर्ग । सडकको किनारामा ठेलामा मकै पोलेर गुजारा गर्ने हुन वा साग बेच्ने निमुखा, गरिबहरु लखेटिए,बागमती किनारका सुकुमवासी बस्तीमा डोजर चलाइयो । अहिले उनै वालेनलाई निर्वाचन जित्न तिनै सुकुम्बासीको मत निर्णायक हुने देखिएको छ ।

बिज्ञापन

१६५ निर्वाचन क्षेत्रभरी हुन लागेको निर्वाचनमध्ये सबैभन्दा बढी चर्चामा छ,झापा ५,चितवन र सर्लाहीको निर्वाचन ? झापाको चुनावी परिणाम के आउला ? वालेनले जित्लान वा ०६४ कै चुनावी परिणाम यस पटक पनि दोहोरियला ? ओलीलाई चुनावी ब्याटलमा असफलता हाल लागेको बर्ष हो ०६४ साल । ०४८ सालमा पहिलो पटक सांसद बन्दा झापा ६ बाट,०५१ को मध्यावधिमा सोही चुनावी क्षेत्रबाट, ०५६ मा क्षेत्र नम्बर २ र ६ बाट चुनाव जितेका ओली ०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । सो निर्वाचनमा लिङ्देनले १६ हजार ९९ मत ल्याएर निर्वाचित हुँदा १४ हजार ९५९ मतसहित ओली दोस्रो हुनु परेको थियो । सो समयमा केपी ओलीले ११ सय मतान्तरले पराजित भएका थिए । उसो त सो चुनावमा माओवादीको ह्विम थियो देशव्यापी । अहिले घण्टीको बहार छ । वालेन र ओलीको जित र हारमा त्यहाँका सुकुम्बासी मतदाता निर्णायक मानिएको छ ।

बिज्ञापन

सुकम्बासी आयोगको विवरण अनुसार झापामा मात्र ५१ हजार ८८८ जना सुकुम्बासी रहेका छन् । जसमध्ये झापा क्षेत्र नम्बर पाँचमा मात्र ३५ हजार बढी सुकुम्बासी रहेका छन् । ओलीको निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन् । तिनै सुकुम्बासीको मत नै ओली र वालेनका लागि निर्णायक मत हुने जनाइएको छ । उसो त देशैभरमध्ये रुपन्देही,चितवन,दाङ्ग लगायतका निर्वाचन क्षेत्रमा समेत सुकुम्बासी मतदाताहरुको संखया अधिक छ । मुलुकभर ११ लाख २९ हजार ५१७ को लगत प्रविष्ट गरेको छ भूमि समस्या सामाधान आयोगले । सो आयोगको विवरण अनुसार, भूमिहीन दलितको संख्या ८८ हजार ८९५,भूमिहीन सुकुम्बासीको संख्या १ लाख ६८ हजार ४४१,अव्यवस्थित बसोबासीको संख्या ८ लाख ७२ हजार १८१ रहेको छ । यीमध्ये हालसम्म ८ हजार ८ सय ४८ भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ,सरकारले । प्राप्त विवरण अनुसार, ८ सय ६३ भूमिहीन दलित,एक हजार २ भूमिहीन सुकुम्बासी,अव्यवस्थित बसोबासी तीन हजार ४ सय १२ र विगतका आयोगका अधुरा काम ३ हजार ५ सय ७१गरी हालसम्म ८ हजार ८४८ सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । विवरण अनुसार,रुपन्देहीमा सबैभन्दा धेरै ७६,६५७ जना रहेका छन् । दाङमा ७०,३८९ जना, झापामा ५१,८८८ जना, बाँके ४६,५५२ जना र बर्दियामा ४५,६०८ जना रहेका छन् । प्रदेशगत रुपमा हेर्दा कोशीमा २ लाख ३१ हजार ९२२,मधेस प्रदेशमा १ लाख ६ हजार ९३,बागमती प्रदेशमा १ लाख २५ हजार २३६,गण्डकी प्रदेशमा ८६ हजार ९५९ सुकुम्बासी परिवार रहेका छन् । यस्तै,लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३४७,कर्णाली प्रदेशमा ४८ हजार ८९९ र सुदूरपश्चिममा २ लाख २३ हजार १९४ रहेको छ ।

अर्काे चासो र चर्चामा रहेको निर्वाचन क्षेत्र चितवनमा १ लाख बढी मतदाता रहेकोमा त्यहाँ ४१ हजार ७७१ परिवार सुकुमवासी छन् । यस्तै काँग्रेस सभापति गगन थापा उमेद्धार रहेको सर्लाहीमा पाँच लाख ११ हजार ६०६ मतदाता रहेकोमा त्यहाँ ३१ हजार ९३ घरधुरीका सुकुम्बसाी रहेका छन् । यस्तै,अर्घाखाँचीमा ३ लाख १ हजार ३ सय ४७,दाङ्गमा ७० हजार ३८९,बर्दियामा ४५ हजार ६०८,बाँकेमा ४६ हजार ५५२,रुपन्देहीमा ७६ हजार ६५७,उदयपुरमा ४८ हजार ६०९,मोरङ्गमा ६५ हजार १३६,सुनसरीमा ३९ हजार २३३,कञ्चनपुरमा ७३ हजार ७९९ सुकुम्बासी रहेको विवरण उपलव्ध भएको छ । यस्तै धेरै सुकुम्बासी रहेकामध्ये कैलालीमा १ लाख ३२ हजार ९४,मकवानपुरमा २५ हजार ६७६,सिन्धुलीमा २८ हजार २६ सुकुम्बासी रहेका छन् ।

बिज्ञापन

यीमध्ये नयाँ शक्तिलाई जिताउने वा पूराना शक्तिलाई निरन्तरता दिने यस पटक निर्णायक देखिएका छन्,सुकुम्बासीहरु । झापासहित, दाङ, मोरङ, झापा, बाँके, बर्दिया, कैलाली, रुपन्देही, कञ्चनपुर, चितवन, सुनसरी, सर्लाही, नवलपरासी (पूर्व), मकवानपुर र कपिलवस्तुका अलाव मधेश प्रदेशका भित्रि बस्तीहरुमा समेत सुकुमवासीको मतले चुनावी परिणाम आँकलन गरेभन्दा फरक आउन सक्ने  टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष