राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि रसुवाका उपाध्यक्ष फुर्पा दिण्डुप थोक्रा (सुरेश)ले सो संगठन र पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिज्ञापन
फागुन २१ को निर्वाचनकै सम्मुखमा उनले संगठनको पद र पार्टी समेत परित्यागको घोषणा गरेका छन् । संगठनभित्र देखिएको दिशाहिनता,जनभावनाप्रति बढ्दो वेवास्ता तथा मूल्य मान्यताबाट विचलित भएको कारण देखाउँदै थोक्राले संगठन र पार्टी सदस्यता नै परित्याग गरेको बताएका छन् ।
थोक्राले फागुन ६ गतेको मितिदेखि लागू हुने गरी युवा संघ नेपालको उपाध्यक्ष र एमाले पार्टीको सदस्यता (६२५९६९) पूर्ण रुपमा परित्याग गरी अब उप्रान्त स्वतन्त्र नागरिकको रुपमा जीवन यापन गर्ने उल्लेख गरेका छन् ।

























