सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

निजामती कर्मचारीको अभिलेख राख्ने निजामती किताबखानाका अनुसार सात हजार १९० कर्मचारी अहिले बिदामा छन् । जस अनुसार असाधारण, तलबी असाधारण, तलबी अध्ययन, बेतलबी अध्ययन र बेतलबी बिदा लिने कर्मचारीको संख्या हो । विभिन्न पाँच प्रकारका बिदाको विवरण केलाउँदा कर्मचारीहरुले कतिपय कर्मचारीले बिदा सुविधा दुरुपयोग गरेको आशंका बढेको छ ।

बिज्ञापन

किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या चार हजार ३० जना रहेको छ । यस्तै, बेतलबी अध्ययन बिदा लिनेको संख्या एक हजार ४ सय १६ रहेको छ । यस्तै असाधरण बिदा लिने कर्मचारीको संख्या १ हजार ३ सय ६३ जना रहेका छन । यस्तै,बेतलबी प्रसुती बिदा लिने कर्मचारीको संख्या ३ सय ७ जना रहेको निजामती किताबखानाले जनाएको छ ।
यस्तै बेतलबी असाधरण बिदा लिने कर्मचारीहरु ४३ जना रहेका छन् । बेतलबी विदा लिने कर्मचारीको संख्या १७,विशेष विदा लिने ६,पेश्की विदा लिने कर्मचारीको संख्या १ जना रहेको छ । किताबखानाको विवरण अनुसार विविध विदा उपयोग गरिरहेका ७ हजार १९० जना कर्मचारी र औषधि उपचार वापत रकम लिइरहेका ६२२ कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

निजामती सेवा नियमावलीमा निजामती कर्मचारीका लागि सेवामा बहाल रहेको अवस्थामा आवश्यक पर्ने विभिन्न बिदाबारे व्यवस्था गरिएको छ । नियमावलीको नियम ६२ को उपनियम ३ (क) मा ‘अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाणसहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने व्यवस्था’ छ । नियमावलीले बिदाको जानकारी किताबखानासमेतलाई पठाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना भएको छैन ।

बिज्ञापन

यस्तै,नियमावलीको नियम ५८ मा असाधारण बिदा लिन सक्ने व्यवस्था छ । कुनै ठुलो वा कडा रोग लागेर उपचार गर्न बिरामी बिदा वा घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गरी निजामती कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी ४५ दिनसम्म थप बिरामी बिदा पाउँछन् । यो बिदा पनि अपुग भई थप बिदा लिनुपरेमा एक वर्ष असाधारण बिदा लिन सक्ने व्यवस्था छ । त्यस्तै, नियम ६१ मा तलबी अध्ययन बिदाको व्यवस्था छ । सोही नियमको उपनियम ५ मा बेतलबी अध्ययन बिदासम्बन्धी व्यवस्था छ । यसैगरी नियमावलीको नियम ६२ मा असाधारण बिदासम्बन्धी व्यवस्था छ ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार बिदा उपयोगसम्बन्धी अद्यावधिक तथ्यांक विभागको प्रणालीमा शुद्धता कायम गर्न विशेष कार्यदल (टास्कफोर्स) नै बनाएर अभिलेख शुद्धीकरणको काम गरिरहेको थियो । किताबखानाले कर्मचारीको सूचना तथा अभिलेख शुद्धीकरण अभियानमा साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ । विभागले  एक सूचना जारी गर्दै कर्मचारीसँग सम्बन्धित केही विवरण भए त्यस्ता विवरण विमागमा इमेल गर्न तथा ह्वासटपमा पठाउन आह्वान गरेको हो । विविध विदा र औषधि उपचार सुविधा लिएका कर्मचारीहरुको एक एक भौतिक फाइल परीक्षण गरिरहेका विभागले ती कर्मचारीहरुका सम्बन्धमा कुनै विवरण भए प्रमाणीत कागजातसहित इमेल गर्न वा ह्वाटसअपमा पठाउन  किताबखानाले सूचना प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

बिशेष