यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन काठमाडौं जिल्लामा ६ जना आचारसंहिता अनुगमन अधिकृत खटाइएको छ।

बिज्ञापन

निर्वाचन आयोगले काठमाडौं जिल्लाभित्र निर्वाचन आचारसंहिता अनुगमनका लागि मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रूक्माङ्गत अर्याललाई परिचालन गरिएको छ। रिजाल काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हुन भने बाँकी ५ जना काठमाडौं जिल्लाभित्र रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक हुन्।

बिज्ञापन

निर्वाचन आयोगका अनुसार, सहायक प्रमुख जिल्ला अधिकारी रिजाललाई समग्र काठमाडौंको आचारसंहिता हेर्ने गरी खटाइको छ। कोलेनिका बबरमहलका प्रमुख शिवराम भट्टराईलाई प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर एक र दुईमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटाइएको हो। कोलेनिका सुन्धाराको प्रमुख सुनिता सुवेदीलाई काठमाडौं तीन र चार, कोलेनिका लैनचौरका प्रमुख मुनकुमार केसीलाई क्षेत्र नम्बर पाँच र छ हेर्ने गरी आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटाइएको छ। त्यसैगरी काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर सात र आठ हेर्ने गरी कोलेनिका सिंहदरबारका प्रमुख रोमाकान्त काफ्लेलाई र नौं र दश नम्बर क्षेत्रमा आचारसंहिता अनुगमन अधिकृतका रूपमा कोलेनिका त्रिपुरेश्वरका प्रमुख रुक्माङ्गत अर्याललाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको हो। उनीहरूले ती क्षेत्रमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सक्रियता देखाएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष