अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनप्रतिनिधिको घरमा छापा हानेको छ । काठ हिनामिनाको आरोप खेपिरहेका सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा हानेको हो ।
बिज्ञापन
सो पालिकाले झण्डै साढे १६ करोड रुपैयाँ खर्चेर अत्याधुनिक सभाहल बनाउने प्रक्रिया अगाडि बढेको थियो । नगरविकास कोषसँग ऋण लिएर नगरपालिकाले सपिङ महलसहितको चार तले सभाहल निर्माण प्रक्रिया अगाडि बढाउँदा कमलामाई नगरपालिका ६ स्थित जिल्ला समन्वय समितिको पुरानो सभाहललाई भत्काएर अत्याधुनिक सभाहल निर्माण क्रममा त्यहाँका सयौं क्युफिट काठ हिनामिना भएको आरोप मेयर पोखरेलमाथि लाग्दै आएको थियो । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको सयौं क्यु फिट काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा छापा हानेको अख्तियारले जनाएको छ ।
सोही उजुरीको आधारमा अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ समेत गरेको अख्तियारले जनाएको छ ।


























