८७ बर्षका एक व्यक्ति पनि चुनावी मैदानमा होमिने भएका छन् । पूर्व प्रशासक मदनदेव आचार्यले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आचार्यले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
बिज्ञापन
आचार्यले जीवनको लामो समय परराष्ट्र र अर्थमा बिताएर सेवाबाट अवकाश पाएका उनी जीवनको बाँकी समय देश सेवामा बिताउन निर्वाचनमा होमिएको बताउँछन् । ०१७ सालमा परराष्ट्र सेवाबाट सरकारी जागिर थालेका उनी आफूमा देश बनेको हेर्ने रहर भएको बताउँछन् ।
जेनजीले जुन माग अहिले उठाइरहेका छन्, त्यो मैले पहिल्यै उठाएको । तर, एक्लो भएकाले कसैले सुनेन । शासन सुधार्न र भ्रष्टाचार रोक्न आफूले उमेद्धारी दिएको र भ्रष्टाचारको मुख्य केन्द्रहरूबारे राम्रो जानकारी रहेको उनको दावी छ ।
भन्छन्, ‘म लामो समय सरकारी सेवामा बसेको मान्छे, कहाँ, कसरी भ्रष्टाचार हुन्छ ? राम्रो जानकारी छ । ती क्षेत्रमा सुधार गर्ने मेरो लक्ष्य हो ।’
बिज्ञापन
अवकाश पछि आचार्य पुस्तक समेत प्रकाशन गरेका छन् । खिचडी नामक उनको पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अदालत, राजदूतावास, परराष्ट्रलगायत विविध क्षेत्र समेटिएको छ ।


























