कुलमान,बब्लु र जगदीशकै पथमा महाविर

सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरुले धमाधम राजीनामा दिइरहेका छन् । यही बिचमा थपिएका छन्,शिक्षामन्त्री महावीर पुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज बिहान पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

अर्थमन्त्री रामेश्वर खनालले भने, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले शिक्षामन्त्री पुनले राजीनामा दिएको जनाएको छ । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।

बिज्ञापन

यद्यपि पुन कुन राजनीतिक दल वा क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा यो खबर बनाउँदासम्म सार्वजनिक भइसकेको छैन। यस अघि शिक्षामन्त्रीले शिक्षा नियमावली संशोधन पारित गर्न खोजेका थिए तर सो नियमावली पारित हुन नसकेपछि पुन प्रधानमन्त्री सुशीला कार्कीसँग समेत असन्तृष्ट रहँदै आएका थिए । उनका राजीनामाका कारणमध्ये एक शिक्षा नियमावली पारित नहुनुलाई पनि मानिएको छ ।

यस अघि नै सुशीला कार्कीको चुनावी सरकारमा सामेल भएका कुलमान घिसिङ,बब्लु गुप्ता,जगदीश खरेलहरुले राजीनामा दिइसकेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष